साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ पुस्तामा सम्मान, हाम्रो दायित्व

यात्रा अभाव जित्ने गन्तव्यमा हिँडेका मोहान्ध भाव चिर्दै धर्मार्थ जो खटेका उद्यान आज हाम्रो पारे लरक्क राम्रो सम्मान वृद्ध पुस्ता दायित्व हुन्छ हाम्रो ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

संसार यो बुझेका पाका विशेष हुन्छन्
अज्ञान चिर्न आँखा शिक्षा अमोघ दिन्छन्
आदर्श जेष्ठ पुस्ता सल्लाह दिन्छ राम्रो
सम्मान वृद्ध पुस्ता दायित्व हुन्छ हाम्रो ।।१

आफू सहेर पीडा सन्तानमा खुसीको
नौला उमार्छ बेर्ना आनन्दमा बुकीको
बाटो हिँडेर लामो गन्तव्य पार्छ राम्रो
सम्मान वृद्ध पुस्ता दायित्व हुन्छ हाम्रो ।।२

भोगेर नै सिकेका शिक्षा प्रभावकारी
भन्थे अनाज लक्ष्मी राख्नू भरी भकारी
आदर्श मार्ग हिँड्दा लोभी भनून् कि दाम्रो
सम्मान वृद्ध पुस्ता दायित्व हुन्छ हाम्रो ।।३

कस्तो रिवाज चल्ने के के हुनेछ भोलि
भन्छन् अगाडि जम्मै विस्तार पूर्ण खोली
थामे स्वधर्म आफ्नो कर्तव्य युक्त राम्रो
सम्मान वृद्ध पुस्ता दायित्व हुन्छ हाम्रो ।।४

भोको नराख कोही मोही मकै खुवाऊ
माटो खनेर खोस्री केही त्यहाँ लगाऊ
संस्कार युक्त हामी देख्ने विचार राम्रो
सम्मान वृद्ध पुस्ता दायित्व हुन्छ हाम्रो ।।५

यात्रा अभाव जित्ने गन्तव्यमा हिँडेका
मोहान्ध भाव चिर्दै धर्मार्थ जो खटेका
उद्यान आज हाम्रो पारे लरक्क राम्रो
सम्मान वृद्ध पुस्ता दायित्व हुन्छ हाम्रो ।।६

०००
भरतपुर ५, नारायणपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x