सुदन लुइटेलमुख चलाउनेकै नाम आउँछ

सुदन लुइटेल :
पानी पर्दा घाम लाग्दा छाता हराउँछ !
जसरि बाढिपहिरोमा राज्यबाट जनताले धोका पाउँछ
काम जान्ने देश धान्नेहरुनै परदेश लाग्छन्
यहाँ हात हैन मुख चलाउनेकै नाम आउँछ
हिजोसम्म घण्टाघरको समय हेर्दै हिँड्ने मान्छे
आज सिहदरबार छिरेपछि करोडौको घडी लाउँछ
कालो धन्दा मिलिहाल्छ अरबौको नजराना दिँदा
उसैको गुणगानमा सुरताल मिलाएर भजन गाउँछ
काला कर्तुतहरु छताछुल्ल हुँदा आत्तिएको तानाशाही
बिरोध गर्ने बिरोधीहरुलाइ राज्यद्रोही भन्दै कराउँछ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest




































