साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कौवाले कान लग्यो

हजुर पनि यतै आइबक्सेला सर !"- कपिलले विनम्र हुँदै भन्यो। कपिलको कुरा सुनेर मित्रमणी डरले थरथर भयो। भाग्दाभाग्दै सिँडीबाट चिप्ल्यो र सामान्य चोट लाग्यो तैपनि भाग्न छाडेन।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“खत्तम भयो”- मित्रमणी जोडसँग करायो।
“सर के भयो ?”- एकजना स्टाफ  हालचाल सोध्न आयो।
“हल्लायो बर्वाद हुनेभयो।”- ऊ फेरि उस्तै चिच्यायो।

डरले सबैकाे  भागाभाग भयो। आफिसको काम चटक्कै छाडि भागेर तल झरे । उनिहरू दौडेको देखेपछि अरू पनि हो हल्लामै दौडिए। माहोल सन्त्रासको भयो।

“ख्रिङ- ख्रिङ “- मित्रमणीले टेबुलमा राखेको वेल बजायो।
उसले कयौँ पटक वेल बजायो तर कसैकाे पनि भित्र प्रवेश भएन।
यो देखेर उसलाई रिस उठ्यो। ऊ बाहिर आयो आफिस खाली छ । आफिसमा एक जना पनि छैन। उसले भित्ताको घडी हेर्यो। घडीमा बल्ल बाह्र बजेको छ। उसलाई सबैसँग रिश उठ्यो।

“यो कस्तो लापरवाही हो, यति छिट्टै खाजा खानेबेला पनि भएको छैन।”-ऊ फतफतायो। रूमाल झिक्यो र पसिना पुछ्यो। अर्को गोजा छाम्यो र गोजाबाट मोबाइल निकाल्यो पिएलाई फोन लगायो।
आफिसको काम रेखदेख गर्न उसैले पिए खटाएको थियो।
“हेलो कपिल !
“जी सर ! हजुर कहाँ हुनुहुन्छ ?”-उताबाट कपिलले प्रश्न गर्यो।
“होइन म यसवेला कहाँ हुनुपर्छ ?”- मन्त्रीले प्रतिप्रश्न राख्यो।
“सर सलामत भए यहाँ हामीहरूको बिचमा हुनुपर्ने हो सर !”-पिएले भन्यो।
“होइन तिमी किन यसरी छिल्लेको आफिस रित्तै छ, तिमीले ठट्टा गर्छौ । यतिवेला तिमीहरू काँ छौँ ? “- मित्रमणीले चर्को बोल्यो।

“सर आफिस हल्लायो हामी बहिर खुल्ला चौरमा पुगेका छौँ। हजुर पनि यतै आइबक्सेला सर !”- कपिलले विनम्र हुँदै भन्यो। कपिलको कुरा सुनेर मित्रमणी डरले थरथर भयो। भाग्दाभाग्दै सिँडीबाट चिप्ल्यो र सामान्य चोट लाग्यो तैपनि भाग्न छाडेन।
सबै जम्मा भएको चौरमा स्याँ-स्याँ गर्दै पुग्यो।

“के भयो कुरा बुझिन मैले ?”-मित्रमणीले सोध्यो कपिललाई।
“सर हजुरले भित्र हल्यायो खत्तम भयो भनेर चिच्याएपछि हामी सबै तल झरेका हौँ सर तर हजुर आफै पछि रहनुभयो।

सबैलाई भुईंचालो आएको सूचना सुनाए सर त्यसैले हामी सबै सुरक्षित् स्थानमा आयौँ।” -कपिलले सविस्तार सुनायो।

“उफ् ! मलाई कसैले फोनमा हल्लायो र मैले पनि चिच्याएर उसलाई बजेट खत्तम भयो भनेको पो हो।”- मित्रमणीले अफसोस् जाहेर गर्दै भन्यो।

०००
दाङ, घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x