साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न त छ, तर अनुत्तरित !

किन घाइते हुन्छ पटक-पटक हाम्रो विश्वास, किन लुकाइन्छ जो छ हाम्रो साँचो इतिहास ? एक युगीन परिवर्तनको किन हामी गर्दैनौं प्रयास ? प्रश्न त छ, तर अनुत्तरित।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

सबथोक भएर पनि हामी सँग,
केहि नभएजस्तो भन्ने
किन छ उदासीन प्रवृति ?
विदेशीले हामीलाई बिचरा भन्न
पाउने कसले दियो स्वीकृति ?
कसरी जन्मियो यस्तो परिस्थिति ?
प्रश्न त छ, तर अनुत्तरित।

उपद्रवी नै किन घोषित हुन्छन्
शान्तिदूत,
सपुतको पगरी किन उनलाई
जो छन् कपुत,
पापयुक्त भएर पनि किन उन्मुक्त ?
प्रश्न त छ, तर अनुत्तरित ।

जसले कतै केही गर्ला अलिकति
पनि छैन आश,
स्वार्थमा चुर्लुम्म खोक्रो अस्मिता
कुनै छैन खास,
उही किन अगुवा?जो छ बाटो हगुवा !
प्रश्न त छ, तर अनुत्तरित।

किन हराएको छ
कर्तव्यबोधको संस्कार ?
माटोको ऋण तिर्नेतर्फ किन कसैको
पलाउदैन रत्तिभर विचार ?
किन हावी छ हामीमाथि
विसंगतियुक्त घीनलाग्दो विकार ?
प्रश्न त छ, तर अनुत्तरित ।

किन घाइते हुन्छ पटक-पटक
हाम्रो विश्वास,
किन लुकाइन्छ जो छ हाम्रो
साँचो इतिहास ?
एक युगीन परिवर्तनको किन
हामी गर्दैनौं प्रयास ?
प्रश्न त छ, तर अनुत्तरित।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
आश ठूलै जागेको

आश ठूलै जागेको

लक्ष्मण नेवटिया
भोट हो भोट ! होइन खाइ सिध्याउने चुरोट

भोट हो भोट !...

लक्ष्मण नेवटिया
चुनाव आउँदा हिमाल किन ओझेलमा पर्छ ?

चुनाव आउँदा हिमाल किन...

लक्ष्मण नेवटिया
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x