साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बानेश्वर बहुमुखी क्याम्पसमा कविता प्रतियोगिता

बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ अ‍ौं जन्मजयन्तीका अवसरमा अन्तरक्याम्पस स्तरीय कविता प्रतियोगिता सम्पन्न भयो ।

Nepal Telecom ad

‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उडी छुनु चन्द्र एक ।’

काठमाडाैं, २०८२ कार्तिक २७ । ‎‎बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ अ‍ौं जन्मजयन्तीका अवसरमा अन्तरक्याम्पस स्तरीय कविता प्रतियोगिता सम्पन्न भयो ।

उपप्रा. डा. रमेश शुभेच्छुले सञ्चालन गरेको गोष्ठीमा सभापति क्याम्पस भाषा विभागका विभागीय प्रमुख प्रा. ध्रुवकुमार न्यौपाने, प्रमुख अतिथि महाकविपुत्र पद्मप्रसाद देवकोटा, विशेष अतिथि संस्थापक क्याम्पस प्रमुख प्रा.डा. केदार न्यौपाने र क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्का, अतिथिहरू स्रष्टा कोषराज न्यौपाने, खोलाघरे साहिँलो, सविता बराल, प्राध्यापक संघ बानेश्वर क्याम्पस एकाइ सभापति सह.प्रा. सुधीरकुमार रिमाल, क्याम्पसका पदाधिकारी र प्राध्यापकहरू तथा स्ववियु बानेश्वर क्याम्पस एकाइ सभापति भूमिराज अधिकारी रहनुभएको थियो।

राष्ट्रगान तथा महाकविको तस्बिरमा माल्यार्पण पश्चात अतिथि कवि सविता बरालबाट “उठ हाकवि”शीर्षकको नर्कुटक छन्दमा रचित कविता वाचनपश्चात् सुरु भएको प्रतियोगितामा विभिन्न क्याम्पसका २५ जना विद्यार्थीरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख घमानसिंह खड्का, प्राध्यापक सङ्घका सभापति सुधीरकुमार रिमाल, स्वतन्त्र विद्यार्थी युनियनका सभापति भूमिराज अधिकारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

साथै कार्यक्रमका बीचमा महाकवि द्वारा रचित यात्री कविताको गायन तथा पागल कविता वाचन गरिएको थियो। कोषराज न्यौपाने र खोलाघरे साहिँलोले वाचित कविताको मूल्यांकन गर्नुभएको थियो।

यस प्रतियोगितामा कविहरू अप्सरा पोख्रेल, रुबी सत्याल, प्रकृति परियार र महेश राणा क्रमशः प्रथम द्वितीय तथा तृतीय घोषित हुनुभयो ।

‎ कार्यक्रममा पद्मप्रसाद देवकोटा, केदार न्यौपाने, कोषराज न्यौपाने लगायतका वक्ताहरूले महाकवि देवकोटा विभिन्न पक्षमाथि प्रकाश पार्नुभएको थियो ।

०००
भावकेशर बरालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x