साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोमराज अभयको नवीनतम कृति ‘शेषराज दाइ’ लोकार्पण

लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसर पारेर छन्दवाटिका नेपालले सनातन सेवा समिति, विराटनगरको सभाहलमा एक विशेष समारोह आयोजना गर्दै उक्त कृतिको सार्वजनिक गरेको हो।

Nepal Telecom ad

मोरङ, २०८२ कार्तिक २७। काव्यकार सोमराज अभयको नवीनतम कृति ‘शेषराज दाइ’ महाकाव्य लोकार्पण गरिएको छ। लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसर पारेर छन्दवाटिका नेपालले सनातन सेवा समिति, विराटनगरको सभाहलमा एक विशेष समारोह आयोजना गर्दै उक्त कृतिको सार्वजनिक गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने रहनुभएकाे थियाे । सो अवसरमा विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्रा. कविराज न्यौपाने, प्रा.डा. हरिहर भण्डारी, नरेन्द्र चापागाईं साहित्य प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, अग्रज स्रष्टा बलराम पोखरेल, चारु प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी, प्रा.डा. मेदिनीप्रसाद शर्मा, काव्यकार डम्मरुबल्लभ भण्डारी, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बाबुराम पोखरेल, दिङ्गलाली कान्छो, हरिप्रसाद बराल, उमनाथ भट्टराई, उमनाथ घिमिरे ‘अचल’, लीलानाथ सिलवाल, रमेन्द्र कोइराला, गोपाल निर्भीक, निरज कोइराला, गोविन्द ढुङ्गाना, चूडामणि नेपाल ‘अकिञ्चन’, रोमु अधिकारी, नवराज पोखरेल, नानुमैया दाहाल, उद्धव केसी, प्रमोद ढकाल, पुष्पा सायरा, जमुना पौड्याल, लक्ष्मी रायमाझी, मुक्ति पोखरेल, डोमी कामत, निर्मला नेपाल, कुशेश्वर राईलगायतका स्रष्टा र कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो। साथै, विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्याे।

लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेले समीक्षा प्रस्तुत गर्दै भन्नुभयाे, “महाकाव्य ‘शेषराज दाइ’ ऐतिहासिक र राजनीतिक पृष्ठभूमिमा आधारित एक पठनयोग्य र विचारप्रवण कृति हो।” उहाँले यस कृतिमा लोकछन्दको प्रयोगसहित प्रयोगशील महाकाव्यको नयाँ आयाम प्रस्तुत गरिएको टिप्पणी गर्नुभयाे ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मला कोइरालाले स्वागत मन्तव्य दिनुभएकाे थियाे भने छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवी काफ्लेले गर्नुभएकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x