फित्काैली डटकमभेषजराज साहित्य प्रतिष्ठानको ९१ औँ शृङ्खला सम्पन्न
कार्यक्रममा ८१ वर्षीय बुबा ठाकुर सुवेदीले कथा सुनाउनु भयो भने अन्य उपस्थित स्रष्टाहरू कविता र हाइकु वाचन गर्नुभयो। वालिङ नगरपालिकाका योजना प्रमुख ढालबहादुर केसीले `आमाले लगाइदिएको रातो टीका´ शीर्षको कविता वाचन गर्नुभयो ।

स्याङ्जा, २०८२ मङ्सिर २७ । भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित मासिक रचनावाचनको ९१ औँ शृङ्खला शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा कवि ८५ वर्षिय निलकण्ठ लम्सालले प्रतिष्ठानले गरेको यस कार्यक्रमले नेपाली साहित्यको विकासमा सहयोग पुर्याएको चर्चा गर्दै आफूलाई पनि कविता सिर्जना गर्ने र अरूलाई सुनाउन पाउने अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथि मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले कवित्व प्रतिभा सम्पन्न व्यक्तिहरूले मात्र सहज रूपमा साहित्य रचना गर्न सक्ने कुराको जानकारी गराउनुभयो । उहाँले यस्ता साहित्यिक कार्यक्रमले रसिक पाठक र श्रोतालाई आनन्द प्रदान गर्ने कुरा समेत चर्चा गर्नुभयो ।
कार्यक्रममा ८१ वर्षीय बुबा ठाकुर सुवेदीले कथा सुनाउनु भयो भने अन्य उपस्थित स्रष्टाहरू कविता र हाइकु वाचन गर्नुभयो।
वालिङ नगरपालिकाका योजना प्रमुख ढालबहादुर केसीले `आमाले लगाइदिएको रातो टीका´ शीर्षको कविता वाचन गर्नुभयो । यसैगरी कविहरू भवीश्वर पंगेनी, बोधराज न्यौपाने, कृष्ण गिरी, कृष्णप्रसाद अर्याल लेखनाथ काफ्ले, अमृत रेग्मी र कवयित्रीहरू सावित्री अर्याल रेग्मी र विष्णु पंगेनी पाण्डेले आआफ्ना कविता वाचन गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए ।
०००
श्यामप्रसाद ढुङ्गानाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































