साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन

कार्यक्रममा छन्द कवि खोलाघरे साहिंलोलाई नगद रु. १० हजारसहित सम्मानित गरिनुका साथै शर्मिला तिमल्सिनाको गजलसङ्ग्रह "रहर जिन्दगीको" को सामुहिक लोकार्पण गरिएको थियो ।

Nepal Telecom ad

‎काठमाडाैं, २०८२ मङ्सिर २७ । ‎अभिनव साहित्य समाजको २८६ अ‍ौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा- ६ मा सम्पन्न भएको छ ।

कार्यक्रमका सहजकर्ता अभिनवका सहकोषाध्यक्ष शारदा पराजुली, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि सभानायक, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल प्रमुख आमन्त्रित, स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरि, पुरुषोत्तम श्रेष्ठ, रघुनाथ आचार्य, शर्मिला तिमिल्सिना, खोलाघरे साहिंलो, गुणराज आचार्य लगायत विशेष आमन्त्रित रहनुभएको कार्यक्रममा छन्द कवि खोलाघरे साहिंलोलाई नगद रु. १० हजारसहित सम्मानित गरिनुका साथै शर्मिला तिमल्सिनाको गजलसङ्ग्रह “रहर जिन्दगीको” को सामुहिक लोकार्पण गरिएको थियो ।

लोकार्पित कृतिमाथि परशुराम पराशरले छोटो टिप्पणी र केही गजल वाचन गर्नुभयो । शर्मिला तिम्सिनाले धन्यवाद मन्तव्यका साथ सङ्ग्रहभित्रबाट केही गजल वाचन गरेर सुनाउनु भएको थियो ।

अभिनव साहित्य समाज तथा स्रष्टा पदयात्राका उपाध्यक्ष विमल अर्यालले खोलाघरे साहिंलाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो । पुरस्कृत कवि खोलाघरेले आफ्नो मन्तव्यमा यो पुरस्कारको कदर गर्न प्रयासरत रहिरहने बताउँदै एउटा छन्दोबद्ध कविता सुनाउनुभयो ।

पुरस्कार कोषका संस्थापक रघुनाथले बधाइ तथा धन्यवाद मन्तव्य दिनुभएको थियो । स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरि र गुणराज आचार्यले छोटो शुभकामना मन्तव्य दिनुभयो । प्रमुख आमन्त्रित पुरुषोत्तम दाहालले धेरै सारगर्भित कुरा गर्दै कवि लेखक साहित्यकारहरूले अब देश खोज्ने, देश लेख्ने बेला आएको छ भन्नुभयो ।

सभानायक गोविन्द घिमिरे वेदमणिले पुरस्कार कोष सार्वजनिक श्राद्ध हो यो कोषबाट बद्रीनाथ आचार्यलाई धेरैले चिन्न पाएको र रघुनाथ आचार्य, विमल अर्यालजस्ता कोष व्यवस्थापकहरूको साहित्य प्रवर्द्धनमा ठूलो योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा कृष्णप्रसाद जस्ताघरे, ध्रुव गजुरेल, सुरेशचन्द्र घिमिरे, सरिता दुलाल घिमिरे, प्रनिशा तामाङ, विजया बस्नेत, मेनका पोख्रेल आचार्य, दिवाकर नेउपाने – (बद्रीनाथ आचार्यको रचना), रत्ननिधि रेग्मी, पुरुषोत्तम श्रेष्ठ (गीतिकविता), शान्ति रिसाल, भानुभक्त नेउपाने, घनश्याम प्रसाईं, श्रीकृष्ण सिम्खडा, उत्तम विचार, पूनम घिमिरे आदि स्रष्टाले कविता, गजल, मुक्तक, भजन वाचन गर्नुभएको थियो ।

कवि वासुदेव पौडेलले खोलाघरेलाई दिएको कवितात्मक शुभकामना वाचन गर्नुभएको थियो ।

०००
खोलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x