साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको ११० औं शृङ्खला सम्पन्न

समाजका उपाध्यक्ष जसध्वज गुरुङ सभाध्यक्ष, नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल प्रमुख अतिथि, स्रष्टा पदयात्राका संयोजक शीतल गिरी विशिष्ट अतिथि रहनुभएको थियाे ।

Nepal Telecom ad

काठमाडाैं । विश्वज्ञान पाठशालाको सभाहल पेप्सीकोलामा मनोहरा साहित्य समाजको ११० औं रचनावाचन शृङ्खला सम्पन्न भएको छ ।

मनोहरा साहित्य समाजका उपाध्यक्ष जसध्वज गुरुङ सभाध्यक्ष, नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल प्रमुख अतिथि, स्रष्टा पदयात्राका संयोजक शीतल गिरी विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रमको सञ्चालन अप्सरा पोखरेलले गर्नुभएको थियो ।

सभाध्यक्ष गुरुङले आमन्त्रित व्यक्तित्वहरूलाई स्वागतपश्चात् रचनावाचन गरेर शृङ्खलाको प्रारम्भ गर्नुभयो। तत्पश्चात् क्रमश : बुद्धिसागर पौड्याल, परशुराम परासर, अल्फिफोहेन फाक्लुप्पा, भावना न्यौपाने, मुकुन्दराज शिवाकोटी, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ले रचना वाचन गर्नु भयाे ।

त्यसैगरी टीका मिलन, टिपी बराकोटी, पदम दाहाल, भालचन्द्र भण्डारी, नूरदेव खनाल, सूर्यप्रसाद डुम्रे, बलराम बिष्ट, शारदा पराजुली दुर्गा घिमिरे जी.के.एन. खडेरी, सुमन पुडासैनी लगायतका स्रष्टाले गीत, गजल, मुक्तक, कविता हाइकु लगायतका सिर्जना वाचन गर्नुभएको थियो ।

ज्योत्स्ना गुरुङ, खोदनाथ चापागाई डा. चिरञ्जीवी रेग्मीलगायतका सभ्य श्रोताहरू रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि शीतल गिरीले वाचित रचनामाथि संक्षिप्त समीक्षा गर्नुभयो ।

प्रमुख अतिथि दिल पौडेलको मन्तव्य र रचनापश्चात् संस्थाका कार्य समिति सदस्य डा. चिरञ्जीवी रेग्मीले आमन्त्रित व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।

गुणात्मक, सभ्य र भव्य कार्यक्रममा स्रष्टाहरूले मनोहरा साहित्य समाज नेपाली भाषा तथा साहित्यको बगैंचालाई मनोहर पार्न सक्षम रहोस् भन्ने शुभेक्षा समेत प्रदान गर्नुभएको थियो।

०००
भावकेशर बरालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x