
भुतकाे पनि भिनाजुका बारेमा बाङ्गाटिङ्गा गफ (भिडियाे)
अर्थात भूतकाे भिनाजुका अनौठा र अनपत्यारिला जीवन प्रसङ्ग कोट्याउन हामीसँग हुनुहुन्छ वासुदेवका सुपुत्र डा. विद्यादेव शर्मा । प्रस्तुत छ तीन भागमा विस्तारित कुराकानीको पहिलो भाग ।

वि. सं.२०२० देखि २०३० दशक नेपाली हास्यव्यङ्ग्यको उत्कर्ष काल थियो । त्यसबेलाको हास्यव्यङ्ग्य लेखनमा सक्रिय केशवराज पिँडाली, दाताराम शर्मा, भैरव अर्याल, श्याम गोतामे, रामकुमार पाँडे, टेकवीर मुखिया, कृष्णचन्द्रसिंह प्रधान लगायतको केन्द्रमा थिए भुतको भिनाजु अर्थात वासुदेव शर्मा । कौवा प्रकाशनको आरम्भसँगै भैरव अर्याल र अन्य स्रष्टाहरूका हास्यव्यङ्ग्य कृतिहरूको प्रकाशन र प्रोत्साहनमा शर्माको विशेष भूमिका थियो । दर्जन कृतिका स्रष्टा वासुदेव कीर्तिशेष भएकै पनि दुई दशक बित्न लाग्यो । तर पनि आधुनिक नेपाली हास्यव्यङ्ग्यको प्रवर्धन र विकाशका निम्ति वासुदेव माड्साबकोे योगदान अविस्मरणीय र अनुकरणीय रहेको छ । जुनबेला मदन पुरस्कारको राशि रु. ५० हजार थियो, मदन पुरस्कार गुठीकै एक कारिन्दा जसले पुलचोकमा रहेको आफ्नो घरजग्गा बेचेर हास्यव्यङ्ग्यका निम्ति रु. १ लाखको पुरस्कार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गर्ने वासुदेव शर्मा थिए । हामी आज उनैलाई सम्झँदै छौँ । यस श्रृङ्खलामा वासुदेव शर्मा अर्थात भूतकाे भिनाजुका अनौठा र अनपत्यारिला जीवन प्रसङ्ग कोट्याउन हामीसँग हुनुहुन्छ वासुदेवका सुपुत्र डा. विद्यादेव शर्मा । प्रस्तुत छ तीन भागमा विस्तारित कुराकानीको पहिलो भाग ।
Subscribe
Login
0 Comments
Oldest