
सुकन्या (बुढ्याैली)
झटपट उठ शुभ र गर यम, नियम । स्तुति गर अवनि र पितर पर चरण ।। टहल गर छिनछिन नमन प्रतिदिन । अशुभदिल जित र गर युग विघटन ।।

कविराज घिमिरे :
वरपर सबतिर अनुभव अनुभव ।
सहज छ नि गगन तल सुमधुर भव ।।
तब त प्रकृति पनि खुरुखुरु प्रतिदिन ।
ढलक ढलक हुँदि गजब छ किन किन ।।
वन रुख तरु सब मजबुत हुनु छ नि ।
थकित हृदय पढ बल पनि दिनु छ नि ।।
बढ न बढ युवक दगुर शिखरतिर ।
निपुणजन छ नि अघि अब नगर पिर ।।
जति बुढ उति गुण बस उनसँग सिक
कसरमसर फजुल कमसल नसिक ।।
मधुर वचन तब छ अमृतसरि बुझ ।
वर गर हित जन छ सरल मन कुछ ।।
स्थविर जनसँग छ नि अनुपम गजुर ।
निकट बस अब त कुसुमित मन बुझ ।।
विशद छ कृति चुम गफ गर खुस बन ।
अनुपम वय छ नि निखर अतुल धन ।।
झटपट उठ शुभ र गर यम, नियम ।
स्तुति गर अवनि र पितर पर चरण ।।
टहल गर छिनछिन नमन प्रतिदिन ।
अशुभदिल जित र गर युग विघटन ।।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest