साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकन्या (बुढ्याैली)

झटपट उठ शुभ र गर यम, नियम । स्तुति गर अवनि र पितर पर चरण ।। टहल गर छिनछिन नमन प्रतिदिन । अशुभदिल जित र गर युग विघटन ।।

Nepal Telecom ad

कविराज घिमिरे :

वरपर सबतिर अनुभव अनुभव ।
सहज छ नि गगन तल सुमधुर भव ।।
तब त प्रकृति पनि खुरुखुरु प्रतिदिन ।
ढलक ढलक हुँदि गजब छ किन किन ।।

वन रुख तरु सब मजबुत हुनु छ नि ।
थकित हृदय पढ बल पनि दिनु छ नि ।।
बढ न बढ युवक दगुर शिखरतिर ।
निपुणजन छ नि अघि अब नगर पिर ।।

जति बुढ उति गुण बस उनसँग सिक
कसरमसर फजुल कमसल नसिक ।।
मधुर वचन तब छ अमृतसरि बुझ ।
वर गर हित जन छ सरल मन कुछ ।।

स्थविर जनसँग छ नि अनुपम गजुर ।
निकट बस अब त कुसुमित मन बुझ ।।
विशद छ कृति चुम गफ गर खुस बन ।
अनुपम वय छ नि निखर अतुल धन ।।

झटपट उठ शुभ र गर यम, नियम ।
स्तुति गर अवनि र पितर पर चरण ।।
टहल गर छिनछिन नमन प्रतिदिन ।
अशुभदिल जित र गर युग विघटन ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x