साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लास्ट बेन्च

के गर्नु सर सबै विद्यार्थी मुख्य मन्त्री भएर सफल हुन चाहन्छन् । खरिदार भएर के असफल हुनु भनेर सबै लास्ट बेन्चमा मात्र बस्न खोज्दछ्न् ।

Nepal Telecom ad

ढाकामोहन बराल :

विद्यालयमा धेरै हल्ला खल्ला हुन थालेको थियो । शिक्षक कक्षामा पसेपछि शान्त भएका विद्यार्थी शिक्षक निस्केपछि पुनः हल्ला गर्न शुरु गर्थे । बस्ने ठाउँको लागि ठेलमठेल गरि रहन्थे ।

सबै कक्षाहरुमा उस्तै समस्या थियो । “आजभोलि बास बस्न लागेका कागले बाँसको घारीमा हल्ला गरे जस्तो धेरै हल्ला हुन थाल्यो । के भएको हो ?” प्राचार्यले आफ्नो कार्यकक्षमा सबै शिक्षकको अगाडि भन्नु भयो । “के गर्नु सर मिलाएर राख्यो । बेन्चमा बस्नको लागि ठेलमठेल गर्न शुरु गरिहाल्छ्न् ।” हरि सरले भन्नु भयो ।

“डेस्क बरू अर्को आर्थिक वर्षमा किनौँ, बस्ने बेन्च त सबै विद्यार्थीलाई पूरा गरौँ भन्ने सबैको सल्लाह भएबमोजिम खरिद गरेको हो । पुग्दैन र कुनै कक्षामा ?” उहाँले भन्नु भयो । “पुगेको छ तर के गर्नु, सबैले एउटै बेन्च ताकेपछि ।” निर्मल सरले भन्नु भयो ।

कुरा नबुझेर प्राचार्यले सबैको मुखमा हेर्नु भयो । “के गर्नु सर सबै विद्यार्थी मुख्य मन्त्री भएर सफल हुन चाहन्छन् । खरिदार भएर के असफल हुनु भनेर सबै लास्ट बेन्चमा मात्र बस्न खोज्दछ्न् ।” हरि सरले प्रस्ट पार्नु भयो ।

०००
पोखरा ७ मासबार, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x