साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

भगाउने भए आफैभित्रका मनोविकार भगाउनुस् सक्नु हुन्छ भने वैलाएका मानसिकता जगाउनुस् नौटङ्कीमा महारथ प्राप्त पोछा विशेषज्ञ महोदय भुइँमा होइन प्रदूषित मस्तिष्कमा पोछा लगाउनुस् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
कतै राम रहमान र यशोधरा सीता सजिन्छन्
कतै मुन्धुम कुरान बाइबल र गीता सजिन्छन्
कस्तो बिचित्रको बहुमुखी आयाम जिन्दगीको
कतै तामदान सजिन्छन् कतै चिता सजिन्छन् ।

२.
बिग्रेको संरचना सपार्न बनाउन असाध्यै सकस
मनको मामिला भन्न र जनाउन असाध्यै सकस
पराइका मनलाई फकाउन बरू सजिलो होला
आफ्नै मनलाई फकाई मनाउन असाध्यै सकस ।

३.
भगाउने भए आफैभित्रका मनोविकार भगाउनुस्
सक्नु हुन्छ भने वैलाएका मानसिकता जगाउनुस्
नौटङ्कीमा महारथ प्राप्त पोछा विशेषज्ञ महोदय
भुइँमा होइन प्रदूषित मस्तिष्कमा पोछा लगाउनुस् ।

४.
अझै भत्किनेछ वर्तमान तन्नम र झुत्रोझाम्रो हुनेछ
पर्खनुस् केही धैर्य गर्नुस् आउने समय हाम्रो हुनेछ
ढाक्नु हुन्न खोजौँ फोहर प्रदूषण सार्वजनिक गरौँ
आज नराम्रो लागे पनि भोलि अवश्य राम्रो हुनेछ ।

५.
अरुले मानोस् नमानोस् आफूले आफैलाई मान्ने हुनु हुन्छ
इमान्दार छ भने खुट्टा तान्ने गुलामको हात तान्ने हुनु हुन्छ
आफै शास्त्र उहाँ आफ्नै शास्त्रार्थ कुनै तर्क वितर्क गर्दै नगर्नू
शासन प्रशासन दण्ड पुरस्कार उहाँ सबैथोक जान्ने हुनु हुन्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x