सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच ठोक्तक

भगाउने भए आफैभित्रका मनोविकार भगाउनुस् सक्नु हुन्छ भने वैलाएका मानसिकता जगाउनुस् नौटङ्कीमा महारथ प्राप्त पोछा विशेषज्ञ महोदय भुइँमा होइन प्रदूषित मस्तिष्कमा पोछा लगाउनुस् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
कतै राम रहमान र यशोधरा सीता सजिन्छन्
कतै मुन्धुम कुरान बाइबल र गीता सजिन्छन्
कस्तो बिचित्रको बहुमुखी आयाम जिन्दगीको
कतै तामदान सजिन्छन् कतै चिता सजिन्छन् ।

२.
बिग्रेको संरचना सपार्न बनाउन असाध्यै सकस
मनको मामिला भन्न र जनाउन असाध्यै सकस
पराइका मनलाई फकाउन बरू सजिलो होला
आफ्नै मनलाई फकाई मनाउन असाध्यै सकस ।

३.
भगाउने भए आफैभित्रका मनोविकार भगाउनुस्
सक्नु हुन्छ भने वैलाएका मानसिकता जगाउनुस्
नौटङ्कीमा महारथ प्राप्त पोछा विशेषज्ञ महोदय
भुइँमा होइन प्रदूषित मस्तिष्कमा पोछा लगाउनुस् ।

४.
अझै भत्किनेछ वर्तमान तन्नम र झुत्रोझाम्रो हुनेछ
पर्खनुस् केही धैर्य गर्नुस् आउने समय हाम्रो हुनेछ
ढाक्नु हुन्न खोजौँ फोहर प्रदूषण सार्वजनिक गरौँ
आज नराम्रो लागे पनि भोलि अवश्य राम्रो हुनेछ ।

५.
अरुले मानोस् नमानोस् आफूले आफैलाई मान्ने हुनु हुन्छ
इमान्दार छ भने खुट्टा तान्ने गुलामको हात तान्ने हुनु हुन्छ
आफै शास्त्र उहाँ आफ्नै शास्त्रार्थ कुनै तर्क वितर्क गर्दै नगर्नू
शासन प्रशासन दण्ड पुरस्कार उहाँ सबैथोक जान्ने हुनु हुन्छ ।

०००
भैरहवा

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

रुद्र ज्ञवाली
हड्डी

हड्डी

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली- १०९

बेलाको बोली- १०९

डा. ऋषि बस्ताकाेटी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
बेलाको बोली- १०८

बेलाको बोली- १०८

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

तेजविलास अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x