साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली

चिटिक्क राम्री आएर बसिन् युवती कोखैमा बाजे पो भन्दा तर्सिएँ म त रहिन होसमा । थिएन थाहा भएको बुढो आजै पो थाहा भो पाएर थाहा भएको बुढो मनमा डाहा भो ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

हिजो पो गाला डिम्पल थिए रिङ्कल परेछन् ।
अनार दाना मिलेका दाँत जम्मै पो झरेछन् ।

फुलेको केश बढेको दारी गोडा यी थर्थर
मिठास थियो बोलीमा हिजो भएछ लर्बर ।

लिपेर हिंडे फुलेको केश दलेर कालोले
भर्दियो टम्म झरेका दाँत बिर्खेको सालोले

थिएन थाहा भएको बुढो तन्नेरी लाग्दथ्यो
युवती देखे पिरती गाँस्ने रहर जाग्दथ्यो ।

रहर थियो डेटिङ्ग जाने मायाको साथमा
गरौंला गफ भनेको थिएँ सुतेरै काखमा ।

खिचेर सेल्फी टिक्टक गर्ने मनको रहर
रहर मात्रै हुने भाे पक्का भयो नि ठहर ।

टुसुक्क मात्रै बसेको थिएँ कामना बसमा
डुबेको थिएँ धुनमा आफ्नै रङ्ग र रसमा ।

चिटिक्क राम्री आएर बसिन् युवती कोखैमा
बाजे पो भन्दा तर्सिएँ म त रहिन होसमा ।

थिएन थाहा भएको बुढो आजै पो थाहा भो
पाएर थाहा भएको बुढो मनमा डाहा भो ।

०००
रेसुङ्गा न पा- २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x