साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

आमाबाट चरित्र बन्छ सदियौँ सन्तान छाया बनी बन्नू अब्बल पर्छ सज्जन हुँदै जिज्ञासु आमा बनी बाबाको भर हुन्छ वाह्य अवनी कस्तो छ देखाउने आमाको गुणबाट नै सुजनता हो दीर्घता छाउने ।।

Nepal Telecom ad

कविराज घिमिरे :

देख्छिन् उ: परबाट प्रष्टसँगले छोरी भनी चिन्दछिन्
के खाइन् यिनले भनेर दिलमा गाँठो परी गुन्दछिन्
अर्काको घर खानुपर्छ यिनले आफ्नो बनाईवरी
छोरीको छ विधान भिन्नसँगको मिल्दैन छोरासरि ।।१

पार्छिन् स्वस्थ निरोगको छ महिमा के काम ती ख्याउटे
गाला पुक्क हँस्याइलो कुमुदझैँ देख्ता हुने घाइते
छाती पेट सलक्क हुन्छ जसको त्यो चेहडा ताजुब
खुट्टा हात दुरुस्त कञ्चन बने ती अप्सरा हुन् खुद ।।२

मात्रै डाल बनेर हुन्न अनि झन् जो बन्दछन् शिक्षित
हुन्छन् ती मृदु भावका रहरिला कर्तव्यमा दीक्षित
जस्को आदत नम्र हुन्छ तिनले जित्छन् सयौँ दुस्मन
टिक्तैनन् तिनका अगाडि कहिल्यै जो छन् बडा दुर्मन ।।३

आमाबाट सरेर शील सजिलै बस्नेछ छोरीसँग
आमा बन्नुछ शिष्ट दिव्यपथकी उद्यान राम्रोसँग
आमाले कसरी सुसज्जित हुने छोरीहरूको कला
पार्नैपर्छ दरा सुमङ्गल उचा आधारका ती बला ।।४

आमाबाट चरित्र बन्छ सदियौँ सन्तान छाया बनी
बन्नू अब्बल पर्छ सज्जन हुँदै जिज्ञासु आमा बनी
बाबाको भर हुन्छ वाह्य अवनी कस्तो छ देखाउने
आमाको गुणबाट नै सुजनता हो दीर्घता छाउने ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x