सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आमा

आमाबाट चरित्र बन्छ सदियौँ सन्तान छाया बनी बन्नू अब्बल पर्छ सज्जन हुँदै जिज्ञासु आमा बनी बाबाको भर हुन्छ वाह्य अवनी कस्तो छ देखाउने आमाको गुणबाट नै सुजनता हो दीर्घता छाउने ।।

Nepal Telecom ad

कविराज घिमिरे :

देख्छिन् उ: परबाट प्रष्टसँगले छोरी भनी चिन्दछिन्
के खाइन् यिनले भनेर दिलमा गाँठो परी गुन्दछिन्
अर्काको घर खानुपर्छ यिनले आफ्नो बनाईवरी
छोरीको छ विधान भिन्नसँगको मिल्दैन छोरासरि ।।१

पार्छिन् स्वस्थ निरोगको छ महिमा के काम ती ख्याउटे
गाला पुक्क हँस्याइलो कुमुदझैँ देख्ता हुने घाइते
छाती पेट सलक्क हुन्छ जसको त्यो चेहडा ताजुब
खुट्टा हात दुरुस्त कञ्चन बने ती अप्सरा हुन् खुद ।।२

मात्रै डाल बनेर हुन्न अनि झन् जो बन्दछन् शिक्षित
हुन्छन् ती मृदु भावका रहरिला कर्तव्यमा दीक्षित
जस्को आदत नम्र हुन्छ तिनले जित्छन् सयौँ दुस्मन
टिक्तैनन् तिनका अगाडि कहिल्यै जो छन् बडा दुर्मन ।।३

आमाबाट सरेर शील सजिलै बस्नेछ छोरीसँग
आमा बन्नुछ शिष्ट दिव्यपथकी उद्यान राम्रोसँग
आमाले कसरी सुसज्जित हुने छोरीहरूको कला
पार्नैपर्छ दरा सुमङ्गल उचा आधारका ती बला ।।४

आमाबाट चरित्र बन्छ सदियौँ सन्तान छाया बनी
बन्नू अब्बल पर्छ सज्जन हुँदै जिज्ञासु आमा बनी
बाबाको भर हुन्छ वाह्य अवनी कस्तो छ देखाउने
आमाको गुणबाट नै सुजनता हो दीर्घता छाउने ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाबाबिनाको घर

बाबाबिनाको घर

कविराज घिमिरे
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
वृद्ध मुक्तकहरू

वृद्ध मुक्तकहरू

कविराज घिमिरे
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
नातिको चिन्ता

नातिको चिन्ता

रामशरण न्याैपाने
बाबुआमा (काव्यांश- ३५)

बाबुआमा (काव्यांश- ३५)

दीनानाथ पाेखरेल
आमाको मन छट्पटी …

आमाको मन छट्पटी …

घनश्याम रेग्मी
आमाको अवसान

आमाको अवसान

खगेन्द्र दाहाल
0
Would love your thoughts, please comment.x
()
x