साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाडोको घाँडो सबाइ

फेरि यसको न्वारान गर्दा जाडो भनेर नाम राखिएकोले होला यसले मान्छे मात्र होइन बोटबिरुवा कीरा फट्याङ्ग्रF बाख्रो पाडो कसैलाई पनि कुनैलाई पनि छोड्दैन मानौं सत्तधारीहरूले भ्रष्टाचार नगर्ने लोकप्रिय जनपृय सोझा सिधा ब्यक्ति भेटेको होस् ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

विश्वकै पर्यटकिय राजधानी भने पनि फरक नपर्ने देश नेपालमा मङ्सिर पुष माघ महिना जाडोको भागमा पर्छन् । विदेशका कुइरेहरू नआए पनि स्वदेशकै कुहिरो भने यो बेलाम राम्रोसँग नै आउँछ । सायद त्यसैले होला कुनै पनि वर्ष पर्यटकहरू कम आए भन्नू , यो दिशाबाट आए कि त्यो दिशाबाट आए भन्दै भिसा हेर्दै गन्नु परेको छैन । गर्मीले ठाडो पुच्छर लगाएर सुइँकुच्चा ठोकेपछि ज्यानमाथि खप्याइ फप्याइ कम्बल र सिरक बोक्ने पालो हाम्रो । अहिले पनि पोहोर परारको भन्द यसपटकको जाडो के विधि भाको चर्को अनि घाँडो भन्ने त हाम्रो थेगै हो । सियाले घोचे झैं मुटुसम्मै घोच्ने जाडोलाई एक तुर्को चियाले कजायँबाट च्युत गराइ सजाय दिन्छ कि भन्यो इलाममा शिलामसँगै मौलाएको कैयौं डाँडाका चियाले त नसकेको हाम्रो यहाँको चिया त उल्टै जाडोसँग डराएर हाम्रै पेटको न्यानो खोज्न आएको जस्तो पो गर्छ त ।

हिमाली क्षेत्रमा हिउँ पर्ने त्यो पग्लेपछि बीउ छर्ने समय पनि यहि जाडो याम नै हाे क्यारे । तराईतिर भने निर्लज्ज नाकाबन्दी पराइतिरबाट आउने अनि लुगाको अभाव परिवेष्टित जिउ बेस्सरी सिउसिउ हुँदै कता होला परालको घुइलो कताहोला आगोको बीउ भनेर खोज्नुपर्ने हुन्छ । धनी र साहु महाजनहरूबाट यो जाडोले पुषका बेलामा केही न केही घुस पक्कै नै खाएको हुनुपर्छ । नत्र किन यो विश्वका सबै देशका सयौं सरकारहरूकै पक्षमा लागेर गरिब दुखीका विरुद्ध प्रत्येक वर्ष खडा हुँदै कडा सास्ती दिने गर्छ त ? झुपडी झुपडीका धुरीदेखि दीनदुखीका पैतालासम्म बाँदरले झैं सैसाला खेल्दै नआइ नहुने विकाशको लहरलाई गाउँशहरदेखि धेरैपर लखेटेर शीत लहरको ज्यानमारा कहरमा जाडोले हरेक वर्ष जकड्याएको देख्दा सुन्दा त कतै यो पनि हाम्रो देशका झन्डै दुई शताब्दीका हरेक शासककै आउरे बाउरे चम्चे धुपौरे सुलसुलेको भूमिका पनि यसैले गरेकोजस्तो लाग्छ ।

महङ्गी बेरोजगारी कुशासन भ्रष्टाचार आदि नामका सर्प बिच्छी खजुरो जुका उपियाँ उडुस लाम्खुट्टेहरूले सकेसम्म बेस्सरी डसेका डामेका सदारुग्ण जिन्दगीहरूलाई यो जाडोले बाँच्नै नदेलाजस्तो गरेर ठाडो छुच्चो बदमाश पाराको शासन गर्छ । यसको पीडा सहन नसकेर बूढाखाडा माघलाई बलिया बाङ्गा झुक्किएर है देशमा अड्किएको भए हात्तिगैँडालाई बनाइदिन्छ । हुन त जाडो होस् या गरमी हामी दुखी गरिबका लागि महाहरामी भन्ने त उखानै छ । हिउँले कठ्याङ्ग्रिएर जिउ गुमाउनेहरू पनि यहि गरिबमारा निरङ्कुश आततायी जाडोको सिकार हुन । बाढी पहिरो भूकम्प जाडो गर्मी लू शिरेटो सबैले संसारका सयौं सरकारहरूले जस्तै गरि दुखी गरिब शोषित पीडितलाई नै खेदो गर्ने हुनाले यस्ता लोक प्रचलित उपनामहरू यिनलाई दिनु परेको कुरा र बूढादेखि भुरासम्म सबैलाई जानकारी नै होला ।

फेरि यो जाडो कति मापाको हुँदोरहेछ भने तातोपानीको पनि सातो जानी, घाम भनाउँदोले साथ देला भन्यो उहीँ जाडो भएको हेर्नै नसकेर कुहिरोभित्र लुकेर कहिले गर्मी आउला र कुहिरो पन्छाउला अनि चर्किने झर्किने गरौंला भनेर पो बस्छ त । बिजुलीका तातेसामानसँग मिलिजुली गरौं भन्यो उहीँ मीटरब्याजीकाे ब्याजजस्तो चर्को मिटर घुमाउँछ । जे गरेर होस् जसो गरेर होस् यो जाडो नखपि नहुने घाँडोले दुखी गरिबलाई नै रुवाउँछ । त्यसैले यो हामीसित होइन सत्ता पक्ष गणतन्त्र सङ्घियता शीत नै औधी सुहाउँछ । फेरि यसको न्वारान गर्दा जाडो भनेर नाम राखिएकोले होला यसले मान्छे मात्र होइन बोटबिरुवा कीरा फट्याङ्ग्रF बाख्रो पाडो कसैलाई पनि कुनैलाई पनि छोड्दैन मानौं सत्तधारीहरूले भ्रष्टाचार नगर्ने लोकप्रिय जनपृय सोझा सिधा ब्यक्ति भेटेको होस् ।

यसरी लेख्दालेख्दै मेरो कुरो काट्छस्, भएको सत्य कुरो लेख्छस्, भनेर सत्तापक्षको मुद्दा मामिला झैं यी हातहरूलाइ कक्रक्क पार्न थाल्यो त्यसैले लेखाइको धित नमरे पनि यो निबन्ध यहिँ बिट मारिन्छ । जदौ ।

०००
२०८१ पुस २०
रत्ननगर चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x