साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदरणीय साथी

बिग्रिएको रेडियोेलेझैँ भाषण गर्छ जसरी पनि आफ्नो खड्कुँडा जत्रो भुँडी भर्छ भुक्छ, लुक्छ, ढुक्छ खुशीराम पाख्रीनको गीत साकार हुन्छ अनि बादशाहको नयाँ लुगा लगाएर सर्वाङ् नाङ्गै हुन्छ । अनि रे ऊ जनताको मान्छे ।

Nepal Telecom ad

हेम अधिकारी :

मेरो साह्रै आदरणीय साथी छ
म उसलाई असाध्यै आदर गर्छु
तर ऊ धेरै माथि छ
म धेरै तल छु
अचेल भेट्न सक्तिन
तर पनि
म सधैँ आदर गरिरहन्छु
ऊ भने मलाई मज्जैले घृणा गरिरहन्छ ।

पहिले हामी उस्तै थियौँ
मैले खाँदा ऊ पनि खान्थ्यो
उसले खाँदा म पनि खान्थेँ
म भोकै हुँदा ऊ पनि भोकै
ऊ भोकै हुँदा म पनि भोकै
कस्तो आत्मीयता !
उतिबेला हामी
दुईज्यान एक मन थियौँ ।

आहिले भने फरक छ ऊ र ममा
ऊ मेरो मान्यवर भएको छ

म भने भुइँ मान्छे
बगुन्द्र भुइँमान्छेहरूका भीडमै छु
त्यसैले सँगै कुम जोडाएर बस्ता पनि
हामी धेरै टाडा हुन्छौँ ।

पहिले साथी थियौँ
एक अर्कामा साथ थियो
सुख सुखै बाँड्थ्यौँ,दुःख दुःखै बाँड्थ्यौँ ।
अहिले ऊ मेरो मान्यवर भएको छ
ऊ अग्लो चुचुरो छ ऊ
म उसलाई टाडैबाट देख्छु
नामी र मानी छ
म उसलाई जहिल्यै चिन्छु
फरक यत्ति मात्र हो
ऊ मलाई देख्तैदेख्तैन
ऊ मलाई चिन्दैचिन्दैन
कहिलेदेखि हो कुन्नि थाहा छैन चिन्न छाडेको,
टेडा आँखाले हेर्छ तर चिन्दैन

अग्लाइसँगै उसको सङ्गत फरक भएको छ
मैले खाने उसलाई रुच्तै रुच्तैन
उसले खाने म पाउँदै पाउँदिन
पहिले उस्तै थिए
अहिले हाम्रा जिउडाल पनि फरक भएका छन् हाम्रा ।
नितान्त फरक

मैले लगाएका लुगा उसलाई घिन लाग्छ
उसले लगाएका लुगा लाउँभने
मलाई तिर्नै नसक्ने रिन लाग्छ ,

त्यसैले ऊ मेरो आदरणीय भएको छ
उसको बढुवा भयो
र साथीबाट आदरणीय भयो
म भने स्थायी पसिनाबहादुर भैरहेँ

म पसिना तर्तरी बगाउँछु
कहिले भोकै बस्छु र कहिले अघाउँछु

ऊ तिनै पसिना चुस्छ र डम्म भैरहन्छ
फरक यत्तिमात्र हो
सँगै हुँदाझैँ
सँगै हुँदाझै मेरा हातभरि ठेला छन्
उसका हात कल्कलाउँदा भएर
रूप फेरिएका छन्
हिँजोआज
उसलाई मेरा हात छुनै घिनलाग्छ
झुक्किएर पनि ऊ मसँग हात मिलाउँदैन ।

अहिले हाम्रो कामदाम फरक भएको छ
म ठेलाका बुट्टादार हातका चोर औँलाको डिलले
बेपर्वाह भुल्भुलाइरहेका
तुरुर्र तप तप चिउँडो र कुइनाबाट झरिरहेका
पसिना सोहोरिरहन्छु
ऊ भने आमाको मुटुकलेजो चोरिरन्छ ।
म पेट भर्नलाई किटको कराहीमा खट्टे भुट्ने गर्छु
फरक यत्ति हो
ऊ भने दाउ पारी पारी आमाको अस्मिता लुट्ने गर्छ

मेरो पूर्वसाथीका कान सारै ठुला छन्
हात्तीका भन्दा ठुला
मेरो सानो स्वरले बोलाएको ऊ सुन्दैन
बिग्रिएको रेडियोेलेझैँ भाषण गर्छ
जसरी पनि आफ्नो खड्कुँडा जत्रो भुँडी भर्छ
भुक्छ, लुक्छ, ढुक्छ
खुशीराम पाख्रीनको गीत साकार हुन्छ
अनि बादशाहको नयाँ लुगा लगाएर
सर्वाङ् नाङ्गै हुन्छ ।
अनि रे
ऊ जनताको मान्छे ।

०००
२०८०।०१।२०
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x