साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर्पनपिण्ड

लेखापढी व्यवसायी यथानामको र गोत्रको तिर्प्यन्ताम् यथानामको र गोत्रको वकिल दलाल श्रीमान् आदि सबै ज्ञात अज्ञात प्रेतहरु तिर्प्यन्ताम् तिर्प्यन्ताम् तिर्प्यन्ताम् तिर्प्यन्ताम् ।

Nepal Telecom ad

हाेम सुवेदी :

पुरेतः अब तर्पनका लागि तयार हुनुहोस्

जजमानः तयार छु गुरु ।

पुरेतः सराध हो । बिरालो बाँध्नुभो के त ?

जजमानः बिरालो ता छैन कुकुरहरु भनेजति छन् । यसैले कुकुर बाँधेको छु । हुन्न गुरु ?

पुरेतः ए कुकुर ता भनेजति छन् नि । ङारङार र ङुरङुर गरेका छन् । उहिले गल्लीमा हिँड्थे अब दरबारमा बस्छन् । जातजातका कुकुर छन् नि । हुन्छ हुन्छ । कुनखालको कुकुरबाँध्नु भो त ?

जजमानः जातकै हो । त्यही बाँधेको छु ।

पुरेतः हुन्छ अब । समय नयाँ छ । सराद्धेलाई मोडिफाइ पनि गर्नु छ । राम्रो गर्नु भो कुकुर बाँध्नु भो ।

जजमानः हो ।

पुरेतः लु अब म पढ्न थालेँ तपाइँ तर्पन गर्न थाल्नु होस् है । जनै अपसब्बे पार्नु है । सब्बे भएर गरिने काम हैन यो ।

जजमानः हस् ।

पुरेतः ओम सबैले मानेको यथानामको र गोत्रको नेतो तिर्प्यन्ताम् जेठो यथानामको र गोत्रको नेतो तिर्प्यन्ताम् । उसकी स्वास्नी तिर्प्यन्ताम् । माइलो यथानामको र गोत्रको नेतो तिर्प्यन्ताम् उसकी स्वास्नी उसकी स्वास्नी तिर्प्यन्ताम् । भएदेखि उसकी माइली उसकी स्वास्नी तिर्प्यन्ताम् । साइँली स्वास्नी उसकी स्वास्नी तिर्प्यन्ताम् । यही क्रमले सबै उसका स्वास्नी तिर्प्यन्ताम् । उसको छोरो बुहारी तिर्प्यन्ताम् । नाति पनाति मामा माइजु मावलीपट्टिका आदि इत्यादि जानिएका नजानिएका सबै प्रेतहरु तिर्प्यन्ताम् । भएजति सांसदहरु र उनका लोग्ने स्वास्नी तिर्प्यन्ताम् । अध्यक्ष तिर्प्यन्ताम् । उपाध्यक्ष तिर्प्यन्ताम् । समितिका अध्यक्षहरु तिर्प्यन्ताम् । सदस्यहरु तिर्प्यन्ताम्…. पानी दिन नछुटोस् है । फेरि छुट्यो भने पिर्छ नि यथानामको र गोत्रको नेतोको प्रेतले ।

जजमानः हस् हस् सबैलाई पुग्ने गरी मैले पानी तर्पनका लागि बनाएर ल्याएको छु एक जार छ अझ । आत्तिनु पर्दैन ।

पुरेतः हस् जारी राख्नु है । ओम सम्पूर्ण क्षेत्रीय यथानामको र गोत्रको नेतो र उसकी स्वास्नी तिर्प्यन्ताम् । गाउँपालिका अध्यक्ष यथानामको र गोत्रको नेतो तिर्प्यन्ताम् । उसकी स्वास्नी तिर्प्यन्ताम् उपाध्यक्ष यथानामको र गोत्रको नेतो तिर्प्यन्ताम् । उसकी स्वास्नी वा लोग्ने तिर्प्यन्ताम् । वार्ड अध्यक्ष यथानामको र गोत्रको नेतो र उसकी स्वास्नी तिर्प्यन्ताम् । वार्ड सदस्यहरु र तिनका लोग्ने स्वास्नी सबै तिर्प्यन्ताम् । थाहा पाइएको नेतो नपाइएको नेतो उसका यथानामको र गोत्रका आउरे बाउरे झोले बैठके हुक्के लम्पट आदि सबै तिर्प्यन्ताम् ।

पुरेतः अब पानी भैँमा हाल्नु है

जजमानः हस्

पुरेतः यथानामको र गोत्रको प्रेत भएर जनतालाई तर्छाउने अपुत्र भएर अपगति परेको घुस खाँदाखाँदा पेट फुटेर मरेको जिउँदो र उसकी स्वास्नी छोराछोरी र उसका लाउकेहरु सबै सबै तिर्प्यन्ताम् । ठुलो पर्साशक कालोकोटे सुब्बो अधिकृत हाकिमहरु पुलिस यातायात मालपोत नापी लगायतका सबै प्रेतहरु तिर्प्यन्ताम् । अब कुनै छुटो कि ?

जजमानः हैन त्याँ हाम्रो आफन्त पर्ने एउटो लेखापढी गरी हिँड्छ उसलाई दिनु पर्ला ।

पुरेतः लु दिनुहोस् तर्पन । लेखापढी व्यवसायी यथानामको र गोत्रको तिर्प्यन्ताम् यथानामको र गोत्रको वकिल दलाल श्रीमान् आदि सबै ज्ञात अज्ञात प्रेतहरु तिर्प्यन्ताम् । तिर्प्यन्ताम् । तिर्प्यन्ताम् । तिर्प्यन्ताम् ।

लु अब सब्बे हुनू पानी अचाउनू र हातखुट्टा धोएर शुद्ध हुनू ।

जजमानः हस् गुरु ।

इति तर्पन समाप्‍त

अब पिण्डका लागि तयार गर्नुहोला ।

०००

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x