लक्ष्मण नेवटियाभकाभक खाएर भक्का- भएछु हक्काबक्का
पालो आउँदा जब मैले भने "दिदी पहिले मलाई दिनुस्" हातै पोल्नेगरि भक्का। लग्यो अर्कैले तानेर खान नपाएर तात्तातो "भकाभक भक्का" म त भएछु "हक्काबक्का"..!!

लक्ष्मण नेवटिया :
बिहानै चोकगल्लीमा
तराईका आदिवासीको
संस्कृति बोकेको,
ल जाउँ, तात्तातो खाउँ
भकाभक “भक्का”,
तिरेर मनासिब टक्का।
सेल्फी खिचाउदै
के बालक ,
के वृद्ध,के प्रौढ ,
के जवान लक्का,
राष्ट्रको समृद्धि गर्न पक्का
भक्का खाँदै गरौं चिन्तन।
के नेता के कार्यकर्ता
विकासको चक्कालाई
अब कसरी दिने हो धक्का।
गर्नुछ अब होस्टेमा हैंसे
किन बन्न दिने
रातो रगतमा थक्का,
पालो आउँदा जब मैले भने
“दिदी पहिले मलाई दिनुस्”
हातै पोल्नेगरि भक्का।
लग्यो अर्कैले तानेर
खान नपाएर तात्तातो
“भकाभक भक्का”
म त भएछु “हक्काबक्का”..!!
०००
विराटनगर
nevatialk@gmail.com
Subscribe
Login
0 Comments
Oldest







































