साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिता हुन् महान्

पिता हुन् महान् जिन्दगीका मुहान र आमा रहेकी हियाभित्र जान मनाही गरी बस्छ जो सत्य बात नउठ्ने गरी लड्छ छुट्टिन्छ साथ ।।

Nepal Telecom ad

कविराज घिमिरे :

म मान्छेहरूले दिएको जडौरी
जुवा दाउ लाग्दा मिलेको जितौरी
म आफैँ छु खोक्रो जता छाम शून्य
अभागी न भागी न पापी न पुण्य ।। १

न छुट्टै छ अस्तित्व जोडिन्छ नाम
फलानो बुबा हो चिनाइन्छ जान
छु मामाहरूको म भान्जो पियारो
र आमाबिना झन् छ नाता उधारो ।। २

यहाँ छैन मेरो कुनै बस्न ठाम
न राखेँ स्वयम्‌ले छ जो आज नाम
बुबाकै मुमाकै प्रसादी लिएर
चलेको छु नासो उनैको पिएर ।। ३

न भार्या न छोरा थिए जन्मदा म
न मर्दा हुने छन् सँगै साथ जान
त्यसैले यहाँ छैन आफ्नो भनेको
छ बेकार झुत्रो म भन्दै गनेको ।। ४

फुटानी छ हाम्रो भएँ आज जान्ने
भलो बात गर्दा कसैको नमान्ने
पढाए बढाए यसै निम्ति हो कि ?
सबै भुल्न थाल्यौँ चुँडाएर नेती ।। ५

पिता हुन् महान् जिन्दगीका मुहान
र आमा रहेकी हियाभित्र जान
मनाही गरी बस्छ जो सत्य बात
नउठ्ने गरी लड्छ छुट्टिन्छ साथ ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x