साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडा बोध

आमा र बाबा जब प्राण त्याग्छन् छोरो तबै मात्र त गेह पुग्छन् विदेशको मोह बढेछ कस्तो सन्तानले राष्ट्र कि भुल्छ जस्तो ।

Nepal Telecom ad

मोक्ष खतिवडा :

बारी यता बन्जर छन् बनेका
वृद्धाहरू छन् अझ एक्लिएका
जहान छैनन् रखवाल गर्ने
माया भरोसा अब छैन गर्ने (१)

पिता भए वृद्ध र रुग्ण माता
स्याहारमा जुट्दछ को विधाता
विदेशमा मोज गरेर बाँच्ने
सन्तान यस्तै नित सोच राख्ने (२)

पैसा पठाई नत रोग हट्छ
न वृद्धको यो मन शान्ति हुन्छ
सामिप्यता होस् अब पुत्र आओस्
मातापिताको छ विचार यस्तो (३)

मातापिता छन्अति चिन्तनामा
कुरा अनेकौं मनका कुनामा
आपत्ति भो आज त डुल्नलाई
सकिन्न त्यो आँगन पुग्नलाई (४)

सुवर्ण होस् या त हिरा सँगैमा
बेकार लाग्छन् नि अशक्ततामा
खै स्नेह नै आज विलुप्त झैँ भो
अत्यास लाग्ने अझ जिन्दगी यो (५)

आमा र बाबा जब प्राण त्याग्छन्
छोरो तबै मात्र त गेह पुग्छन्
विदेशको मोह बढेछ कस्तो
सन्तानले राष्ट्र कि भुल्छ जस्तो (६)

०००
शान्तिनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x