पदम दाहालपाका जुनी बचाऔँ !
साठी उता कटेका पाका कतै नरोऊन् लौरी सहाय खोज्ने साकार रूप लेऊन् ! सन्तान भै नबुझ्दा गाली व्यथा हुनेछ पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।

पदम दाहाल :
गार्हो छ बाँच्न पाऊन् साठी उमेर कट्ने
कोही नथर्थराऊन् होऊन् विलाप घट्ने ।
न्याना लुगा र खाना पाऊन् कृपा हुनेछ
पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।१।
ती दन्तहार किट्ता होला उतै नजाती
कठ्याङ्ग्रिदो शरीरै काम्दा कहाँ छ जाती ?
न्यानो खुसी सबैले पाऊन् नहुन् उराठ
पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।२।
आफ्नो घरै कराैँसो साथै सिरेटो स्याँठ
ख्यालै नगर्दिएमा पाको कहाँ रहन्छ ?
सेतो हिमाल हाँस्तै बोक्ने चिसो प्रलाप
पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।३।
साठी उता कटेका पाका कतै नरोऊन्
लौरी सहाय खोज्ने साकार रूप लेऊन् !
सन्तान भै नबुझ्दा गाली व्यथा हुनेछ
पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।४।
बैरी नहौँ म आफैँ आफ्नाहरू बुझौँ ती
स्याहारको जुनीले शिक्षा दिनैछ बाँकी ।
माया सुसारले नै जीवन्तता दिनेछ
पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।५।
०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।
९८४२०९९८३१
Subscribe
Login
0 Comments
Oldest






































