सुरेशकुमार भट्टभक्याम्ले दाउरा
अब बस्दैनन् लाटोकोशेरो झैं चुप कोहि पड्किन्छन् भक्याम्ला दाउरा पड्किए झैं। भक्याम्लाकाे दाउराकाे आगो ताप्न बसेपछि कसलाई पोल्ने कसलाई नपोल्ने ?

सुरेश भट्ट :
“महाराजको आँखा डेरो कि राम बाबाजीको घिच्रो चिलाको” भनेझैं यो यो लोकवेद वादीलाई समसामयिक झटारोको समय सन्दर्भसँगै यो जाडोको बेला अगेना आगो ताप्न अरूको नभएर समय सन्दर्भ ले “भकेम्लाको दाउरा” बालेर समसामयिक आगो ताप्न मन लाग्यो ।
नजाने भकेम्लाको दाउरा यो साहित्यिक अगेनामा पड्कन र पोल्न थालेपछि कतिलाई पोल्ला वा तातो होला आआाफ्नै पिँडौला मसार्दा थाहा होला । जे होस् अब “भक्याम्ले दाउरा” को आगो तापे जस्तै भन्ने लोकवेदमा प्रचलन छ “ऊ पड्कियो भकेम्लाको दाउरा पड्किए झैं।” भनेर भनेर आच्छु आच्चु गर्छन्। यसमा हजुरहरूको चित्त नबुझे अगेनामा वा बाहिर भकेम्लाको दाउरा बालेर आगो ताप्नुस् अनि बरू आच्छु आच्छु पछि मलाई गाली नगर्नुस् है त।
अब बस्दैनन् लाटोकोशेरो झैं चुप कोहि पड्किन्छन् भक्याम्ला दाउरा पड्किए झैं। भक्याम्लाकाे दाउराकाे आगो ताप्न बसेपछि कसलाई पोल्ने कसलाई नपोल्ने ? बरू अब ”बोलोल त बोलोल न बोलोल त धोती पोलोल“ हुने खतरा भएको र छ । जब भक्याम्ला दाउरा बल्दै र पड्कदै गर्छ अनि घेरामा बस्नेहरू जेन्जीले पोले झैं पोले पछि आत्था नि लौ न नि भन्दै मसार्दै उठ्दै बस्दै दगुर्दै गर्न थाल्ने छन् ।
अनि भाद्र २३ /२४ अन्तर राष्ट्रीय साक्षारता दिवस र वि पि जयन्ती नभै सेप्टेम्बर ८ /९ जेन्जीले पारे धौ, कलिला युवाको प्राण हरिलियौ, तीन महिना भयो खै त परिवर्तन के ल्यायौ ? के पायौ, जति पटक पटक पनि जन्ता मार्ने दस लाख दिने कहिलेसम्म ? यही होईन अचम्म ? अझै हत्याराहरू नेता भै गजधम्म ? पध्दति मात्र हैन पात्र फेरौं। प्रवृतिसँगै प्रक्रिया फेरौँ । हत्यारा पीडकलाई शासक नबनाउँ, पीडितलाई शासक बनाउँ। धन्यवाद, भकेम्लोको महिमा आउनेनै छ के हो भक्याम्लो ? अर्को अङ्कमा।
०००
Subscribe
Login
0 Comments
Oldest





































