अमर अधिकारीपाँच खित्कौली
लेखकः हैन यी मिडियाहरु कसरी चलेका छन् कुन्नी ? देशको डावाँडोल अवस्थामा पनि। पाठकः उनै कर छलुवा कम्पनीहरुले दिइहाल्छन् नि विज्ञापन मार्फत टन्न पैसो।

अमर अधिकारी :
(दुई छिमेकी छतबाट कुरा गर्दै)
वीरबलः ती माग्नेलाई कहिल्यै पनि सहयोग गर्नुहुन्न नि ! किन हो ?
बलवीरः जहिले पनि “धनीको हुन्छ सानो मन” भन्ने गीत बजाउछन्, त्यै भएर सहयोग गर्न मन लाग्दैन नि।
१
(चिया गफमा व्यस्त दुईजना)
रमेशः तपाईँलाई भर्खरै नमस्ते गरेर गएका मान्छेलाई नमस्ते किन नफर्काउनु भाको नि ?
रेशमः हप्ता दिनपछि बल्लबल्ल एकपटक नमस्ते पाएको छु, त्यो पनि फर्कायो भने त मसँग नमस्ते सून्य हुन्छ।
२
(लेखक र पाठक गफमा व्यस्त)
लेखकः हैन यी मिडियाहरु कसरी चलेका छन् कुन्नी ? देशको डावाँडोल अवस्थामा पनि।
पाठकः उनै कर छलुवा कम्पनीहरुले दिइहाल्छन् नि विज्ञापन मार्फत टन्न पैसो।
३
(छोराले आमा-बालाई पशुपति दर्शन गराएर ल्याएपछि)
सासुः एक गिलास पानी देऊ त बुहारी!
बुहारीः यी लिनुस् आमा, जारको सफा पानी हो।
सासुः ए बुढा ! सहरमा त जारको पानी, झड्केलाको पानी खानुपर्नेरहेछ। जाऔँ गाउँमा ! केतुकेधाराको पानी धेरै सुद्ध।
४
(आमा-बा गाउँबाट सहर घुम्न आएपछि एकदिन रेस्टुराँमा)
आमाः लौन नि हाम्रो गाउँमा त सिंगो रोटी टोक्नुहुँदैन, अलछिन हुन्छ भन्छन्। त्यो केटाले त झन दुईटा रोटी टोक्दैछ।
छोराः त्यसलाई त बर्गर भन्छन् आमा ! जति आँ गरेर बर्गर खायो त्यति मुखको कसरत हुन्छ।
५
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest




































