साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहिन्न द्रव्यभेटी

झर्केर बोल्छ कोही तर्केर हिँड्छ कोही के के न जित्छु भन्दै कुद्दै छ मान्छे रोई आफन्त नश्लनाता बाँचौँ सबै समेटी हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।

Nepal Telecom ad

बिन्दु दाहाल मुकदर्शक :

आफैँ ठुलो हुँ भन्दै डुक्रिन्छ आज मान्छे
औकात भुल्छ आफ्नो टुक्रिन्छ व्यर्थ मान्छे
के पाउँछौँ रिसाई बेकार स्वार्थ रेटी
हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।१

गर्छन् घमण्ड तातो अस्तित्व खोज्नलाई
सानो भएर बाँच्ने छन् पूज्य दाजुभाइ
आफैँ हुँ दक्ष जान्ने जो भन्छ श्रेय मेटी
हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।२

सानो हुँदैमा मान्छे सानो हुँदैन कोही
सानो छ तील पुज्छ्न् झार्दैन अश्रु रोई
धक्का दिएर जान्छन् रुन्छन् अशक्त लेटी
हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।३

अर्बौँ कमाउँछन् जो जान्छन् मरेर सारा
बिर्सिन्छ आज मान्छे सम्बन्ध भाइचारा
एक्लै म बाँच्छु भन्ने मान्छे भएछ हठ्टी
हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।४

मर्दा समान हुन्छ्न् डढ्ने चिता खरानी
बुझ्दैन आज मान्छे बन्छन् त्यसै दिवानी
भित्ता पुर्‍याउने छन् पेली सधैँ अचेटी
हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।५

आकाश थाम्छु एक्लै चाहिन्न इष्टमित्र
भन्नेहरू सबैको पाइन्न सच्चरित्र
हैरान पार्न सक्छन् निम्जो भए लखेटी
हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।६

खाऊँ सबै म एक्लै पाऊँ सबै म एक्लै
गर्जेर भन्छ मान्छे जाऊँ म स्वर्ग एक्लै
बोल्दै छ आज धावा स्वार्थी बनी बिखेती
हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।७

झर्केर बोल्छ कोही तर्केर हिँड्छ कोही
के के न जित्छु भन्दै कुद्दै छ मान्छे रोई
आफन्त नश्लनाता बाँचौँ सबै समेटी
हाँसेर बोल्नलाई चाहिन्न द्रव्यभेटी ।८

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x