डा.हरिप्रसाद सिलवालकुराको कथा = कुरौटो
केहीबेर कानुनहीन कको कमाल कहिनेछ । ककै कचहरी कथिनेछ । कबाट कथिने कशब्दको कथा कोरिनेछ । कका कान्लाहरूमा कोरिएका कान्दानीहरूलाई काम्लोले कजाइनेछ ।

कुराको कक्षा, कङ्क्रिट, कचकचियाहरु
कुरा कचौराका कर्कस कचहरीहरु
कुहेका कुराका कुकीर्तिहरु
कुन्ठे कुराका कुचिन्ताहरु
कुपथ कुराका कुख्यातिहरु
कुरा कुञ्जीका कुचेष्टाहरु !!
काट्नुनै कुराको कसी र काइदा, कतै कुरा काँचजस्तो कठोर त कतै केराकोमल कमलो । कतै कुरा कैँचीजस्तो कटकदार त कतै कमलपुष्पी कलिलो काँचुली । कतै कुरा काँडाजस्तो कर्कस त कतै कुराउनी कोमल कुप्कुपाउँदो । कतै कुरा कुरकालो त कतै काँसजस्तो कञ्चन !
‘क’माने कचेलो कपुरी, ‘का’ माने काउसो काकताली, ‘कि’माने किरिङमिरिङ किस्सा, ‘की’ माने कीर्ति, ‘कु’ माने कुरा !!
केहीबेर कानुनहीन कको कमाल कहिनेछ । ककै कचहरी कथिनेछ । कबाट कथिने कशब्दको कथा कोरिनेछ । कका कान्लाहरूमा कोरिएका कान्दानीहरूलाई काम्लोले कजाइनेछ । कप्रवाहका कुरीकुरीहरू कथ्दै कण्ठ कामनाका क्यामान् काउसोको कन्थो कोतरिनेछ । करकमलले कथेसम्मका कवादको कुन्तुर कुत्कुत्याइनेछ । कसित केके किचिन्छन्, किचिनेछ । केके कुच्चिन्छन्, कुच्चिनेछ । कले कलाई कजाउँदै कका कौवाहरूलाई काका काकाको कण्ठध्वनिसमेत कुर्लुाइनेछ । कति कवादध्वनि, कति कुरुपले कुख्याति कमाएको कमाललाई कान्लाबाटै कसेर कोतरकातरको कामनाले कोपरिनेछ । कशक्ति र कसिङ्गरका क्वाइँक्वाइँले काकाकुले कसौँडीलाई कोचल्नेछ । कसौँडीका करङहरूनै कर्याम्कुरुमको कन्तविजोगमा काँपिरहून् । कति कसौँडीहरू कमाल कमालले कुँदेका, कति कसौँडीहरू काकाकुले कण्ठमा कर्कराइरहेका ! क्या करुण कसौँडी र क्या कमाल कसौँडीहरू ! करुणा कुण्ठाको काँडा, कमालपन क्याबात्का कुरा ! कुन कुरो कसलाई, कहिले, कसरी, कति, कहाँ, केले कहूँ ? कताबाट कको काउसोले कुत्कुत्याएर कायल कोर्रा कोर्यो ! कुनै न कुनै करकसोले किञ्चितसम्म कटाएर कको काउसोलाई काट्न कम्मर कसियो । कनै कको कान्दानीमा कतातिर कोप्रिने कुन्नि ! ककसलाई कोपर्ने कुन्नि ! ककसलाई कसेर कहल्याउने कुन्नि ! कहाँनिर कसले केके कुम्ल्याए ? कसैगरी कतैबाट कौछुटहीन काँटामा केस्राकेस्रा केलाएर, करौँतीको कापले काँट्छाँट्मा कुख्याति कौवाका कावालाई, कुबाटोका कुन्दालाई, कुचक्रका कैँचीलाई कोर्राएर, क्रोधीका कुन्दाबाट कारुणिक काँटका कामयावीहरु, काँचुलीदारहरु, कामनाका कर्कसहरु, कति काइँलाहरू, कति कान्छाहरूलाई कमसेकम कचकचबाट कौछुटाउँदै, कंशकट कानुनको कोदो कोदालोले कुटेर कन्दैछु, कोरल्दैछु – कको करामत ! कुराको कथा । कुराको कहानी । कुराको कुरौटो । कुराको कन्दनी ।
कमाने कपुरी कि कमरेड ? कतै कपुरी, कतै कमरेड । कतै कङ्ग्रेस । कतै कङ्गाल । कतै कम्युनिस्ट । कतै कमाउनिस्ट । कतै कम करार । कतै कमसल । कतै कम कबोल । कतै कसिलो । कतै कँचिलो । कतै कचकच । कतै कसमस । कपुरीहरू कमरेडलाई कुर्छन्, कमरेडहरू कपुरीलाई । कपुरीविनाका कमरेड, कमरेडविनाका कपुरी कता कता कुत्कुतिन्छन्, कतै कुत्किुत्तिराछन् । कपुरीयुक्त कमरेडको कामनामा कराऔँ । कपुरीको कमाल कखरा…, कमरेडको कमाल कसिङ्गर, कचिङ्गललाई काट्नु । ‘क’ कस्सेर कराउँछ । कको कामनै कराउने । कको कामनै कर्कराउने र कको कामनै कुर्कुराउने । कको काइदा के ? कमाल । कपछि कराउने काकाकाकी । काकाकाकी कोसित कराउँछन् ? काकासित काकी । काकीसित काका । काकाले काकीको कुरा काट्छन् । काकीेले काकाको कुरा काट्छिन् । काकाले कसको कुरा काटे ? काकीको । काकीले कसको कुरा काटे ? काकाको । काकाकाकी क-कसका कुरा काट्छन् ? काका काकीका, काकी काकाका । के काका काकीकै कुरा काट्छन् ? काट्दैनन् र ? काका कैँचीदार कुरा काट्छन्, काकी काँचुलीदार । कैँचीदार कुरा कसरी काट्छन् काकाहरू ?
कैँचीदार कुरा करौँतीलेझैँ काटिन्छन् । कैँचीदार कुरानै करौँतीका काँडाजस्ता कर्कसकर्कसले कोतर्दछन् । करौँतीहरू कुनाकुनामा कोतरिरहन्छन् । कठै ! काँचुलीदार कुरा कान-कान कुँद्दछन् । कानबाट कहाँ कहाँसम्म कुनाकुना कुँद्दछन् । कानभरि किस्साहरू किरमिरिएर कुँदिरहन्छन् । किस्साले कानहरू काँपिरहन्छन् । किन किस्साले कानहरू काँप्छन् ? किस्साले कानलाई कुटुकुटु कुट्क्याउँछ । कानहरू किस्साद्वारा कटक्क काटिन्छन् । काटिएका कानमा किस्साले क्वार्क्वार्ती कोतर्दछन् । कठै कानको कस्तो कन्तविजोग ! कानमानै किस्साले कट्कट् काट्ने । कुनै किस्साले कमजोर कानमा कचहरी कराउँछन्, कुनैमा कचेडाको काँडाले । कचेडाको काँडाले कानलाई क्वाँक्वाँ कराउनबाट केलाउँछन् । कुरानै कचेडा, कचेडानै कुरा ! कुरो कानको कचहरी ! कान कुरोको कमारो ? कहाँको कमाल कानमा कचेडा ? कचेडाजस्तो कचहरी ? कानभरि कानेगुजी, कानभरि कच्कच् । के कामको कहानीनै कचहरी, कचेडा काँडा ? कुराहरू ककसका कन्सिरीमा कुँदिरहन्छन्, कुँदिरहन्छन् ।
कमजोर कानहरूमा काँचुलीले कर्कराइरहन्छन् ।
कानहरू कुरा कुरिरहन्छन् ।
कुरा कुर्कुराएपछि कानहरू ककसका ककसका कानतिर कुँद्दछन्
कठै कानको कामनै कुर्कुराउँदै कुँद्ने !
कुँद्दै कुर्कुराउने ।
कुँद्नु नै कानको कीर्तिमान !
कीर्तिमानी कानको कामनै कुरा कुर्नु ।
कुरेपछि कुँद्नु-कुरा काट्नु ।
क्यावात् कान ! क्यावात् कुरा !
कुराले कुरालाई कुर्दछ ।
कुराले कुरालाई कुराउँदछ ।
कुराले कुरालाई कुट्दछ ।
कुराले कुरालाई कोपर्दछ ।
कुराले कुरालाई कहल्याउँदछ ।
कुराले कुरालाई कुल्चन्छ ।
कुराले कुरानै कोरल्दछ ।
कोरल्नु र कुल्चनुनै कुराको काम ।
कति कुरैटेहरु कुरामात्रै कोरल्दछन् कपीकपी ।
कुरा कपुवाहरु कुरामै कोर्कोराउँछन् ।
कल्पेको कुराले क्यामान काय कोरल्दछ । कोरलीजस्तो कुरामा काकाहरू, काकीहरू केकेकेके कस्ताकस्ता कामना कुर्लन्छन् । कुरा काँप्दैन, कुरालाई कँपाउँछ । कुरा कपुवाहरु कुरालाई कँपाउँछन् । कानलाई कँपाउँछन् । कँपाउनुनै कुराको कमाल र कसम । कुराहरू किथिर्काजस्ता किर्किराउँछन् र किथिर्कालेझैँ कसैलाई काट्दछन्, काटिरहन्छन् कुटुकुटु । कतै कुरा कालाज्वरझैँ कम्पन्छन् त कतै कविलाशजस्तो कामना । कतै कुरा कौडीखेलजस्तो करोडको करामत त कतै कुन्तीको कन्तवियोग । कति कानहरू कुराको कुन्दाले कुटिन्छन् । कति कुराको कुरौनी काढ्छन् । कति कुराको कचौरालाई केलाउन कहलिन्छन् । कति कुराको कावा काटेर कसमको कामनामा कल्पिरहेछन् । कुरोको कुलोमा कर्कलाका करेली कौमार्य कञ्चन कोरल्दछन् । कुलोमा कल्पेर कुँदिरहेछन् । कुलोमा कल्कलाउँदैनन् कलकल, कुराको केस्राकेस्रले कुल्चन्छन् कुरालाई । कठै कुलो ! कहालीलाग्दो कहरमा कामनाहीन काय कराएर कतिन्जेल कुर्ने कसमहरू ? कतिन्जेल कस्ने काँचुलीदार कसमहरू ?
कति कुर्ने कुराका कङ्कालहरू ?
कति कुर्ने कुराका कङ्क्रिटहरू ?
कोही केवल कुरा कजाएर कतैतिर कजिँदैछन् ।
कोही कुरा कुब्जाएर कुलिैँदैछन् ।
कुरा कुर्लनेहरू र कुरा कोतर्नेहरू कुराकै कठपुतलीझैँ कोपरिरहेछन् कलिला कानहरूलाई।
के कानका कानेखुसीमा कुराले कोतरेरै कुरालाई कन्याइरहने ? कुरा कन्याउने कुरावादीहरू कुराकै कपर्दी कातिरहेछन् । कुराकै कसार कसिरहेछन् । कुराकै कपुरी कपिरहेछन् । कुराकै कसौँडी कोरिरहेछन् । कुराकै कमाल कमाइरहेछन् । कुराकै कन्दनी कसिरहेछन् । कुरावादको कचहरीले कुराहीनताको कञ्चनतासमेत कता कता कलुषिरहेछन् । कुराले कतिको कलेजोनै कम्पाइदियो । कुराको कल्कीले कतिलाई कल्याणहीन कमाल कोरलिदियो । कुराको कु कुरा ? कुरैकुराले कहालिएको काँधमा कुराकै काँटीले कट्कट् काट्दैछ । कुराको कार्यसूचीले कोरा कुरालाई कजाएर कर्मप्रेमीलाई कर्महीन कोर्राले कोतरिसक्यो । काँटकाँटका कुराले कुरौटेतन्त्रको कान्लै कुँदिसक्यो ।
कस्तरको कुरा, कमुनिको कुरा, कानुनी कुरामा कानुनहीन कुरा, कान्लामाथिको कुरा, कान्लामुनिको कुरा, किरिया कसमको कुरा, किरियाहीन कुरा, काशीका कुरा, काठमाडौँडेली कुरा, कुण्डकुण्डका कुरा, कुटनीतिका कुरा, कुरीकुरीवादका कुरा, कुर्सीतन्त्रका कुरा, कुर्सीहीनतापछि कुलेलमठोकवादका कुरा, कुवेरवादको कुर्वानी कुर्लने कुरा, कुलदेवता कज्ने र काँचुलीवादका कुरा, कस्तो कुरकुरेवादका कुरा, कुरीतिखण्डनका कुरीतधर्मी कुरा, कुहिरोवादका कुरा, कुभिन्डोवाद र कसौँडीवादका कुरा, कुराको के कमी ? कुण्ड कुण्डका कुरातन्त्रीहरूको कुर्लाइमा ! क्यावात् कुपुकुपुवादको कुरावादी कृतघ्नतालाई कुन कुराको कमी ? कलिपूर्वका कृष्णको कुटवादको कुरा र कलिका कुरातन्त्रीको कसमसमताले कुराको कमाल क्यासारो कहेको । कुराको कष्टकर कर्नालमा कानहरू कति काँपून् ! कुराको कन्दनीमा कमजोरहरू कति कस्सियून् ! कुराको र्कुर्कुरे कछाडमा कर्मवादीहरू कति कोचर्किरहून् ? कुरातन्त्रको कौवावादमा कोइलीहरू कतिबेरसम्म करुणतानै कुक्कुकाइरहून् ? कुराविदको कुरादर्शनमा कुराहीन कञ्चनहरू कतिसम्म काँचा कहानीहरू कोचिरहून् ? कुरौटे काँटका काँडाघारीमा कस्तूरीहरू कतिसम्म कुथुङ्ग्रिरहून् ? कुरावादी कलनासोको कुटनीतिमा कोरा काइँलाहरू कतिसम्म कोथ्रा कुरीरहून् ?
कुराको कोेर्राले कलेजोमै कत्ला काढिसक्यो !
कुराको कैदभित्र कामनाका कानहरूनै कुप्रिसके !
के कानकानमा कुँदिरहने कुराविद्का कुराबाट कुरौनी काडिन्छ ?
काडिन्छ, कसैलाई, काडिन्छ, कुरावादलाई, कुरौटो काँचुल्याउने काकाहरुलाई कि कुराकुथुङ्ग्रीकी काकीहरूलाई ! कुराकुन्दाका काँटीहरूलाई ! कुरा किटौँ । कुरौटो कुर्कुराएपछि कतिलाई कुम्ल्याउँछ कि कतिलाई कस्दछ । क्यानाम् कुरौटोको काइदा !
कति कहने कुराको कथा ?
कति कहने कुराको कुथुङ्ग्रो ?
कति कोतर्ने कुराको कराई ?
कति कस्ने कुराको कमाइ ?
अर्थात्
कुराको कथा = कुरौटा !!
‘कुराको कथा = कुरौटा !!’ (२०७७)
Subscribe
Login
0 Comments
Oldest









































