साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारीदिवस

“जहाँसुकै होस् नि तँलाई के मतलब ? लौ नकरा । उहाँ आफूलाई हतार भैसक्यो । लुगाफाटोहरू कता छन् सबै ठिक पारिदिएकी छ छैन नि ।”

Nepal Telecom ad

“लौ आज ता झन् घरका सारा कामहरू गरेर पनि मेहनतका साथ पकाएकी थिएँ । आजै चैँ किन नाकनिक गरेर खाएको होला ! के बित्यो र यो हतारो ? कस्तो हतार हो यो ? खाइन्जेल ता अलि आरामसँग खानु नि! कति हो मिटिङ पनि ? आज फेरि केमा छ ? कहाँ छ नि मिटिङ ?”

“जहाँसुकै होस् नि तँलाई के मतलब ? लौ नकरा । उहाँ आफूलाई हतार भैसक्यो । लुगाफाटोहरू कता छन् सबै ठिक पारिदिएकी छ छैन नि ।”
“आइरन गरिदिएर तयार पारेकी छु अघि नै ।”
“जुतामा पालिस लाएको हो होइन कुन्नि !!!”
“लगाइदिएकी छु पालिस पनि ।”
“मेरो रुमाल कता छ ?”
“हिजोको फोहोर भएछ । अस्ति नै धोएर पट्याएको छ यो लिनुहोस् ।”
“लौ हेर पर्स कता छ ?”
“यही छ नि लिनु त !”
“घडी र काइँयो पनि पो देखिन्न ।”
“लौ लिनु होस् ।”

(लगाइसकेपछि)- “म कस्तो देखिएँ ?”
“सारै राम्रो नि । कसैले आँखा नलाऊन् । साँच्चै आज किन यति सारो हतार ?”

“नारीदिवस मनाउनु छ । एक कार्यक्रममा प्रमुख अतिथि बनाएका छन् । यसैले अलिक राम्रो भएर जानु पर्‍यो नि । सभामा सबै नारी नारीहरू हुन्छन् !!!”

“ए हतारभो होला जानुहोस् ।“

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x