साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भलाराम

चिल्लोले चिप्ल्याउँदा पनि भएन, गुलियोले लोभ्याउँदा पनि भएन । त्रासले त्रर्साउन पनि सकिए, आसले अठ्याउन पनि असफल भइयो ।

Nepal Telecom ad

सकिन बाबा ! मैले सक्दै सकिन, यो मनुवालाई ! (सिङपुच्छर छैन, त्यसैले मान्छे भन्न करै लाग्यो) जति गरे पनि ‘रातभरि रुङ्यो को हो कुन्नि जिउँदै’ भने झैँ जस्ताको तस्तै पो छ, यो त ! अब के गर्ने होला यसलाई ? हेर्नुस् न मित्र ! कस्ता कस्ता मै हुँ भन्ने गधालाई त धोइपखाली माली गाई, जर्सी गाई बना’र टन्न दुध खाइयो तर यसलाई भने साबुन, सर्फ, भीमपाउडर, स्याम्पो, रिट्ठा, सिउँडी, पिना, माटो आदि केके जातिले रगडी रगडी धुँदा पनि जस्ताको तस्तै छ भन्या !

केही सिप नलागेर केही घण्टामा नै रुप परिवर्तन गर्ने नाम कहलिएका अत्याधुनिक ब्युटीपार्लर पनि लगियो तर अँह सिन्को बराबर पनि बदल्न सकिएन । अब लौ भैहाल्यो नि त माली गाई, जर्सी गाई नबने पनि ठीकै छ, यसलाई छेपारो नै भए पनि बनाऊँ भनेको , अँह ! त्यो पनि सकिएन । अब तपैँ नै भन्नुस् त ! अहिलेको आधुनिक लोकतान्त्रीक जमानामा छेपारो बन्ने जस्तो महान् कार्य सम्पन्न नगर्नेलाई के भन्ने ? आफैँ त बनेन, बनेन, मजस्तो ‘भलाराम’ले यसरी रातदिन खटेर बनाउन कोसिस गर्दा पनि नबन्ने हो त ! म चैँ उसलाई मान्छेबाट छेपारामा रुपान्तरण हुने जस्तो महान् कार्य सम्पन्न गर्नका लागि उसलाई प्रेरित गर्दैछु, ऊ चैँ ‘अच्छिउ खाएँ, बच्छिउ खाएँ, तँ झुसे बारुलो’ भने जस्तै पो गर्छ ।

हेर बाबै ! जमानाअनुसार चल्नुपर्छ, कहिले घामको न्यानोमा आङ सेकाउनुपर्छ भने कहिले रुखमुनि ओत लाग्नुपर्छ । त्यसैगरी कहिले हलो जोतेर धान रोप्नुपर्छ भने कहिले गाईको दुध तनतन तन्काउनुपर्छ । कहिले हँसियाहथौडा बोकेर तारालाई नियाल्नुपर्छ । यसो मौका हेरेर मादल पनि बजाइ टोपल्नुपर्छ अथवा या भनौँ जता शीतल हावा चल्छ उतैपट्टिको ‘झ’को खुट्टो समातेर ‘ शीतल हावा सरररर … ! झण्डा फरररर … !’ भन्दै फरक्क फर्किनुपर्छ भनेर सम्झाउँदा सम्झाउँदा हत्तुहैरान भैयो ।

चिल्लोले चिप्ल्याउँदा पनि भएन, गुलियोले लोभ्याउँदा पनि भएन । त्रासले त्रर्साउन पनि सकिए, आसले अठ्याउन पनि असफल भइयो । हनी, मनी, चिची, पापा … केहिले पनि नछुने कस्तो चट्टान मन होला, कुन्नि ? ज्यान पनि कति ज्याद्रो त !
साँच्चै भन्ने हो भने अब म ‘भलाराम’ पो ऊजस्तो हुँला कि भन्ने डर लाग्न थाल्यो । लौ है मित्र ! यदि यस्तो हुने खतरा देख्नुभयो भने सम्हाल्नुस् है ! आफू त जसोजसो पुरेत बाजे, उसोउसै स्वाहा ! हो क्यारे !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x