महेन्द्र उपाध्यायभ्यु टावर !
अनि हरेक बर्ष आएर नेता त्यै भ्यु टावरमा उभिएर आफ्नो गुप्ताङ कन्नाउँदै सुनाउने छ कुनै जोक ।

साइँला दाइ यो भ्यु टावर भनेको के हो ?
-खडेरीमा उद्योग लागेर
स्वर्गतिर हेर्दा जे देखिनेछ
त्यो भ्यु टावर हो ।
-साउन भदौको बाढीमा
हरेक साल जसरी हामी बगेको
हाम्रा चौपाया बगेको
हाम्रो घर बगेको
हाम्रो खेतवारी बगेको
सबै बगेको
नेताले बडो आनन्दपूर्बक हेर्न
बनाइएको संरचना
हो भ्यु टावर ।
भ्यु टावरको महत्व
यत्तिमा सकिने छैन, कान्छा
भ्यु टावरबाट
हेर्ने छ सरकार
तिमी प्रदेश लागेको
तिम्रा नानीहरू
चौरमा बसेर पढेको
भ्युटावरबाटै देखिने छ
हाम्रा आमा बुवाको
आडमा सलानपानी चडिरहेको ।
अनि हरेक वर्ष आएर नेता
त्यै भ्यु टावरमै उभिएर
आफ्नो गुप्ताङ्ग कन्याउँदै
सुनाउने छ
कुनै जोक ।
लम्कीचुहा, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































