साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एस म्यान

उसले बिहानबेलुकै गर्ने इष्टदेव र पितृहरूको पुकार र आराधनामा फेरबदल गर्यो । उनीहरूको स्थानमा आफ्नो दलनिकट शीर्षनेता विराजमान गरायो ।

Nepal Telecom ad

‘छोरा, हरेक दिन सूर्योदयसँगै स्नानादि गरी सूर्यलगायत सम्पूणर् इष्टदेवलाई पुकार् । पितृहरूलाई झुकेर श्रद्धाको जल चढा । बाँचुन्जेल मन्त्री भइरहन्छस् ।’ आमाले भनेकी थिइन् रामरतनलाई ।

बाबुले थपेका थिए; ‘लोकको आँखामा बस्ने काम गर् । तँ जनताको आँखाको नानी भइरहन्छस् । तेरो स्थान डगमगाउन कसैले सक्दैन ।’

मन्त्री भएपछि रामरतनले बाबुआमाले भनेको अक्षरशः पालना गर्यो । नियमतः गर्न मिल्ने सबको काम गरिदिन्थ्यो । नमिल्दा कारणसहित मिल्दैन भनेर फर्काइदिन्थ्यो । फलतः उसले आठ महिनामै मन्त्रीपदबाट हात धुनुपर्यो ।

रामरतन दुःखी भएर बसेको बेला छिमेकी भाइले उसको चेत खोलिदियो । उसकै भनाइमा लागेर
उसले बिहानबेलुकै गर्ने इष्टदेव र पितृहरूको पुकार र आराधनामा फेरबदल गर्यो । उनीहरूको स्थानमा आफ्नो दलनिकट शीर्षनेता विराजमान गरायो । इष्टदेव र पितृहरूलाई चढाउने नैवेद्य पनि उच्च गुणस्तरको बनाई शीर्षनेताकै निवासमा पुर्याइरह्यो ।

ऊ दीर्घ मन्त्रीपदकै लागि विवेक बन्धकमा राखेर शीर्षनेताको ‘एस म्यान’ बन्दै गयो ।

सिद्धार्थटोल, उदयपुर । हाल- सिर्जनाकुटी, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x