साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा

पैसाले किन्छ मान्छेले कात्रो र दरबार त्यो पैसा नै मित्र हो साँचो पैसा नै तरबार हो ।

Nepal Telecom ad

जब जोडिन्छ पैसामा नाता सम्बन्ध हर्दम
उसले भुल्छ आफन्त निणर्य लिन्छ निर्मम ।
पैसापैसा भनी पैसा पैसामै मर्छ मानिस
मर्दा लाँदैन बाँधेर कात्रोमा बिस चालिस ।

नाङ्गै आयौँ सबै नाङ्गै जान्छौँ उँभो निरन्तर
पैसाले नै चिता चढ्छन् भित्रिन्छन् दुलही घर ।
तिरस्कार गरे फेरि चल्दैन काम आखिर
पैसाले नै ठडिन्छन् यी झुक्छन् मानिसका शिर ।

पैसामै दुनियाँ चल्छन् गरीगरी हिसाबमा
पैसाले छोप्दछन् सत्य जित्ने हार्छ निसाफमा ।
राजा रङ्क सबैले नै पैसा पैसा भनेपछि
लफडा हुन्छ पैसामै झुक्याएर गनेपछि ।

भगवान् पनि पैसाकै सपना देख्दछन् अति
गेडी छैन भने टेढा हुन्छन् मायालु श्रीमती ।
छोराछोरी भए पैसा बुबाआमा नि चिन्दछन्
टाउकामा लगी नत्र मसला सम्म पिन्दछन् ।

पैसाले किन्छ मान्छेले कात्रो र दरबार त्यो
पैसा नै मित्र हो साँचो पैसा नै तरबार हो ।
जोखिन्छ रुपियाँसाथ मान्छेको मान इज्जत
पैसाले सक्छ यी मान्छे कुरा छ सर्वसम्मत ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x