साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवकाे भानुजयन्ती तथा लोक साहित्य गोष्ठी

अभिनवको २४५ औं शृङ्खला अन्तर्गत २०९ औं भानुजयन्तीको अवसर पारेर लोक साहित्य विशेष कार्यक्रम सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०७९ असार ३२ । अभिनवको २४५ औं शृङ्खला अन्तर्गत २०९ औं भानुजयन्तीको अवसर पारेर लोक साहित्य विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व श्री विमल अर्याल, प्रमुख आतिथ्यमा कलानिधि दाहाल, विशेष आतिथ्यमा युवराज मैनाली, शीतल गिरीलगायत रहनुभएको थियो । कार्यक्रम सञ्चालक श्री परशुराम पराजुली, स्वागत मन्तव्य श्री मेनका पोखरेल र धन्यवाद श्री गोविन्द घिमिरे वेदमणिले गर्नभएको थियो ।

भानुभक्तको तस्विरमा माल्य तथा पुष्पगुच्छा समर्पण गरी उहाँकै कृतित्व र व्यक्तित्वको चर्चा भएका विभिन्न रचना तथा लोक गीतहरू प्रस्तुत भएका थिए ।

सहभागिहरूमा सुशील आचार्य, अच्युतप्रसाद पौडेल, बाजुराम पौडेल, घनश्याम प्रसाइ, मेनका पोख्रेल, गोविन्द संगत महर्जन, राजेशमान केसी, खोलाघरे साहिंलो, रामचन्द दाहाल, बद्री सुवेदी, देवकी खतिवडा, कविराम घिमिरे, गोपाल बराल, रत्ननिधि रेग्मी, ढुण्डिराज पोखरेल, जानुका भट्टराई, सीताराम पोखरेल, गङ्गाप्रसाद भेटवाल, सुरेशचन्द्र घिमिरे (उत्कृष्ट पुरस्कारबाट पुरस्कृत), दुर्गा अधिकारी, समीर पाख्रिन, दिव्यलक्ष्मी पोखरेल, विन्दा खतिवडा, भावना न्यौपाने, माया कणेल, नन्दकुमार सुब्बा, यदुनाथ वसन्तपुरे, माधवलाल श्रेष्ठ, शारदा पराजुली, उर्मिला पन्त/पाण्डेयआदि ५० जना रहनुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x