साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरहरू स्कुल गएछन्

देश चलाउने दाउमा उनीहरू दरबार छिर्छन्, तरबार झिक्छन् भय र त्रासमा दुनियाँलाई पारेर चोरहरू तरमार्ने दाउमा छन् ।

Nepal Telecom ad

हिजो चोरहरू स्कुल गएछन्
डेक्स बेन्चका काँटी उखेलेछन्
ढोकाको कब्जा निकालेछन्
चुकुल च्वाईच्वाई पारेछन्
केही नलागेर ताला काटेछन्
हिजो चोरहरू स्कुल गएछन् ।

कुर्सी भाँचेछन्, कालोपाटी फुटाएछन्
चकलाई पानीमा घोलेर जथाभावी पोखेछन्
चोरहरूले चुकुल, काँटी र कब्जा बेचेर
गोलखाडी खेल्न तास किनेछन्
चोरलाई अचेल स्कुल प्यारो लाग्छ ।

शिक्षित चोर बन्नका लागि उनीहरू
विद्यालयमा भर्ना भएका छन्
चोरहरू किताबको कमिसनमा छन्
ड्रेसमा छन् जुत्ता र मोजामा छन्
चोरहरू शिक्षित भएर स्कुलमा छन् ।

देश चलाउने दाउमा उनीहरू
दरबार छिर्छन्, तरबार झिक्छन्
भय र त्रासमा दुनियाँलाई पारेर
चोरहरू तरमार्ने दाउमा छन्
चोरहरू स्कुल गएपछि
पदोन्नति भएका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x