साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतायन

‘लौ त्यसो भए फेरि नेतायनको पूजा गरौँ र झण्डाले हम्कौँ अनि एकछिन सुतौँ । निदाउनासाथ मासुभात खाएको सपना देखिन्छ कि ।’ जहानले भनिन् । हामी झन् जोडले पार्टीको झण्डा हल्लाउँदै नेतायनको आराधना गर्न थाल्यौँ ।

Nepal Telecom ad

म र पत्नी दलको नेताको तस्विरलाई पूजा गरिरहेका थियौँ । बाको पालादेखि आरम्भ भएको यो पूजालाई म र मेरी पत्नीसम्मले धानेकै छौँ । नेताका पूजा गरिसकेपछि झण्डा झिक्ने र झण्डाले हावा चलाउने चलन छ । त्यसको हावा शरीरमा परेपछि सपनामा कावा खान पाइन्छ । मीठा मीठा सपना देखिने र सपनामा टन्न भोजन पाउने राम्रा कपडाले शरीर ढाकिने र देश पनि सिंहपुर बन्ने विश्वास छ ।

पहिले पहिले हजुरबाको पालामा पाञ्चायन पूजा गर्ने चलन थियो । बूढा हजुरबा गणेश शिव विष्णु देवी र सूर्यको प्रार्थना गर्दै भट्याउँथे । हामीचाहिँ नेताका तस्विरलाई पूजा गरेपछि झण्डा हल्लाउँदै चिच्याउँछौँ- हाम्रो पार्टीका नेताको जय । हाम्रा बाहरूलेचाहिँ पाञ्चायनलाई नेतायन र पार्टियन बनाइदिनु भयो । तपाईँ भन्नुहोला यो नेतायन र पार्टियन पूजा गरेर के पाएको छस् भनेर । सबैभन्दा ठूलो कुरा त पाँच पाँच वर्षमा ठूला नेताजीको दर्शन पाइन्छ । पाँच वर्षमा झण्डै दुईपटक त मासुभात नै खुवाउँछन् । हामी पो मासुभात मात्र खान्छौँ छोरा नातिहरू त बोतल पनि लिएर नाच्छन् । हामीले पूजा गरेकै कारण हाम्रा भुइँ नेताहरू कालो चस्मा लगाएर कालो सिसाको पजेरोमा चढ्ने भएका छन् । पौराणिक कालका विचरा विष्णु केही नपाएर त्यो गरुडमा चढ्दथे रे । सरस्वती हाँसमा कठै !महादेव बूढा त अझ गोरुमा । काल भनेर चिनिने यमराज भैँसीमा । नेता ! नेता !! ती भुँडे गणेश मुसोमा । हा हा हा । ती भन्दा त हाम्रा नेता कति माथि माथि ।

नारा बनाउने र लगाउने अनि त्यसैमा निर्लिप्त हुने हाम्रो दशकौँ अघिदेखिको अभ्यास हो । निद्रामा हामी बर्बराउँदा पार्टी वा नेता जिन्दावादको नारा लगाइरहेका हुन्छौँ । अँ प्रसङ्ग अन्यत्रै मोडिन लागेछ । हामी त्यस विहान पनि बुढाबुढी नै नेतायनको नित्यकर्ममा थियौँ । छोरो भने निद्राबाट उठेकै रहेनछ । हामी ॐ नेतायन भनिरहेका थियौँ ऊ त अम् सिसि मुर्दाबाद पो भन्न थाल्यो । बुढी चिच्याई ।
‘ए बुढा छोरोले पुरानो नारा लगायो लौ न ?’
‘अब के गर्ने त ? प्रभुजीहरूले मुर्दावाद भन्ने जुलुसमा लगे । त्यस दिन लाठी मजाले खाएछ । त्यसकै राति बाह्रबजेतिरबाट यसलाई मुर्दावाद होइन जिन्दावाद भन्ने निर्देशन बकस भयो । छोरालाई जति सम्झाए पनि भएन । भोलिपल्टै विपनामा त जिन्दावाद भन्न गएको थियो तर सपनामा र निद्रामा चाहिँ मुर्दावाद नै भन्छ ।’ मैले लाचारी प्रकट गरेँ ।

‘पाप लाग्ने कुरा त गर्नुभएन नि गाँठे । एकपटक सम्झाएर आउनुहोस् न ।’ बुढीले भनिन् ।
मैले उसलाई घचघच्याउँदै भने ‘छोरा नारा अपडेट गर ।’
‘बाबाले पनि के सारो टेन्सन लिनुभएको ? निद्रामा त मनले जे देख्यो जे भोग्यो त्यही भन्छन् त । विपनामा जिन्दावाद भनिदिएकै छु क्यारे ।’ छोराले पो सम्झाउन खोज्यो ।
‘पाप लाग्छ भन्छिन् तिम्री आमा ।’
‘के चिन्ता गरेको बाबा । कम से कम हामीले त मुर्दावाद पनि भन्यौँ जिन्दावाद पनि भन्यौँ । तल्ला घरकोले त जिन्दावाद मात्रै भन्यो ।’ छोराले थप्यो ।

‘तल्ला घरे अगतिशिल हो । हामी प्रगतिशिल । अगतिशिलले बोल्दा पनि जिन्दावाद भन्यो अहिले नबोल्दा पनि व्यवहारले जिन्दावाद गरिदियो । हामी समय र परिस्थितिअनुसार लचक छौँ ।’ मैले सम्झाएँ । छोरोले एकपटक हाइ गर्यो । हाइसँगै चिच्यायो- ‘अँम् सिसि मुर्दावाद ।’
‘ए छोरा ?’ उसकी आमा परैबाट चिच्याइन् ।
‘हाई त भित्रैबाट आएको हो क्या ममी । अब भन्छु सुन्नुहोस् । ‘अँम् सिसि मु जिन्दावाद ।’

नेतायनको कर्म सकिएकै थिएन । हामी फेरि पूजाआजामा मस्त हुन थाल्यौँ । नेतायनमा डुब्दै के थियौँ कसैको चर्को आवाज आयो । ‘खबरदार ! ग्याँसको मूल्य बढाइयो विरोध गरौँ । पेट्रोल र डिजेलको मूल्यमा भारी मूल्य वृद्धि विरोध गरौँ । गाडी भाडा पचास प्रतिशतले बढ्यो विरोध गरौँ । नेपाल हो पिपिमा जाँदैछ खतरा भयो विरोध गरौँ ।’ हामीले आँखा खोलेर हेर्यौँ । नेतायनको ध्यान भङ्ग भयो । त्यसरी भट्याउने त सडक पागल पो रहेछ ।

‘छोड्द्यौ, पागलको कुरामा लाग्नुहुन्न । पूजामा ध्यान केन्द्रित गरूँ ।’ बुढीले सल्लाह दिइन् ।
‘कुरा त तिम्रा नै ठीकै हुन् तर त्यो पागलको कुरा पनि गल्ती होइन कि ।’ मैले कपाल कन्याउँदै भने ।
‘कसरी होइन ?’ बुढीको आवाज चर्कियो ।
‘ए बुढी ! ग्याँस सकियो भनेर तिमीले हिजो साँझ नै खाना पकाएकी होइनौ क्यारे । छोरोले मोटरसाइकलमा तेल हाल्न सकिएन भनेर खोलाको किनारमा लगेर छोड्ने कुरा गर्दैछ क्यारे । अब पन्ध्र रूपैयाँ भाडा तिर्ने ठाउँमा तीस भयो क्यारे के गर्ने हो ?’

‘लौ त्यसो भए फेरि नेतायनको पूजा गरौँ र झण्डाले हम्कौँ अनि एकछिन सुतौँ । निदाउनासाथ मासुभात खाएको सपना देखिन्छ कि ।’ जहानले भनिन् । हामी झन् जोडले पार्टीको झण्डा हल्लाउँदै नेतायनको आराधना गर्न थाल्यौँ ।

०००

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x