साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भतुवालाई बिगौती

पारदर्शी छु भन्छन् सधैँ जिउमा टन्न लुगा हात्तीको झैँ दाँत बुझौँ पाल्छन घरमा सुगा । कस्को घरमा ब्याएको छ गोरु, राँगो, बोको दूध दुहुन पुग्छन तिनै नेता साथमा लिई डोको ।

Nepal Telecom ad

घुसनीय घुन मन्त्रीका चुसनीय कुरा
आफैँ बोक्सी आफैँ झाक्री देश खाए पुरा ।
राजनीतिको पुच्छर बाङ्गो कुरा काट्ने धेरै
भोलिका दिन पर्खि बस फेला पर्छौ मेरै ।

सोझो कुरा गर्नु हुन्न बाङ्गो खेदने सबै
शरीरभरि कपडा लाउँदा नाङ्गो भन्छन सबै ।
आफ्नो डम्फू बजाउँछु म तिमी झ्याली पिट
ताली मार्ने कता गए हाल्छु अब रिट ।

घुन बनी सुनभित्र पस्ने रहर मेरो
टल्किएर हिड्न मन छ घुम्छु एक फेरो ।
लाज शरम पचाएर जुठो खान बसे
खाँदै थिए हावा आयो छाँगाबाट खसे ।

हलो अड्काई गोरु कुट्ने विज्ञताका नाममा
जालो फाल्छन् अंकुशको जनताका काममा ।
कसो गरी मन्त्री भए यी हलोका फाली
जोत्न पनि जान्दैनन् है गोरुलाई गर्छन गाली ।

आफूमात्र पदमा सधैँ बुर्कुसिदै पुग्ने
विपक्षी नि पदमा पुगे सत्तोसराप गर्ने ।
हेर्ने आँखा कालो होकी भित्री मनै कालो
सबै कालो मिलीभगत फिंजाउँछन जालो ।

पारदर्शी छु भन्छन् सधैँ जिउमा टन्न लुगा
हात्तीको झैँ दाँत बुझौँ पाल्छन घरमा सुगा ।
कस्को घरमा ब्याएको छ गोरु, राँगो, बोको
दूध दुहुन पुग्छन तिनै नेता साथमा लिई डोको ।

गाउँ घरमा सुन्छु कुरा भतुवा आयो रे
गोरु, राँगो, बोकाको दूधको बिगौती खायो रे ।

०००

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x