साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थाको घोषणा, महावीर पुरस्कृत

साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि रु ५१ लाखको अक्षयकोषसहित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थाको घोषणा गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं, श्रावण २५, २०७९ । साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि रु ५१ लाखको अक्षयकोषसहित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थाको घोषणा गरिएको छ ।

यज्ञनिधिको चौथो वार्षिक स्मृतिसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी सुधा दाहाल आचार्यको अध्यक्षतामा सो संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको जानकारी दिइएको हो । श्रीमती दाहालको लगानीमा स्थापित उक्त अक्षयकोषबाट यस वर्ष राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनलाई रु एक लाख ५० हजार राशिको पुरस्कार प्रदान गरिने संस्थाका सचिव ठाकुर बेल्वासेले जानकारी दिए ।

संस्थाले सीमान्तकृत वर्ग र समुदायबाट मुलुकका लागि विशेष योगदान दिने तथा दरबार हाइस्कुलमा माध्यमिक तहमा अध्ययनरत केही विद्यार्थीलाई पनि आगामी वर्षदेखि छात्रवृत्ति दिने भएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी दिवसले समाजमा योगदान दिनेहरुलाई नागरिक क्षेत्रबाट सम्मान र पुरस्कारको परम्पराले ऊर्जा मिल्ने बताउँदै नयाँ पुस्तालाई मौलिकरूपमा साहित्य सृजना गर्न आग्रह गरे । संस्थाका उपाध्यक्ष डा रमेश शुभेच्छुले साहित्यकार दाहालले शिक्षा, साहित्य, सञ्चार र समाजसेवाका क्षेत्रमा दिएको योगदानबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा स्रष्टाहरु डा. केदार न्यौपाने, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. विष्णु राई, डा. गोविन्द आचार्य, प्रह्लाद पोखरेल, अभय श्रेष्ठ, लोचन भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, प्रकाश सिलवाल, खोलाघरे साइँलोलगायतले कविता, गीत र गजल प्रस्तुत गरेका थिए । खोटाङको धारापानीमा विसं २०१० साउन ८ गते जन्मिएका मिर्गौलापीडित दाहालको विसं २०७५ साउन २५ गते निधन भएको थियो ।

000

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x