साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अगणित माया

‘तँसँग भएको माया, सम्मान र सहानुभूति कुशेऔँसीमा मात्र हैन आफ्नो जीवनभरि मलाई दिन सक्छेस् ?’ बाको प्रश्नको उत्तरस्वरूप फोन खत्रक्क यथास्थानमा बस्यो ।

Nepal Telecom ad

‘यसपाला के पठाइदिउँ बा ?’ असी पुगेर बसिखाने बेलाका बुबालाई क्यानाडा बस्ने छोरीले प्रश्न सोधी ।
‘सप्पै कुरो पुग्दो छ नानी मलाई ।’ बाको जवाफ सुन्नासाथ छोरीले भनिहाली; ‘आफ्नो रुचीको कुरो माग्नुस् । मौका यही हो । अरू बेला पाइन्न ।’

‘नजा, नजा भन्दाभन्दै बुरुक्क उफ्रेर गइस् अनागरिक बन्न अर्काको देसमा । तँ काम माग्दै खाँदै गर्छेस् भन्ने बुझेको छु । मलाई पनि मगन्ते नै ठानिस् कि क्या हो ।’ बाको मनले यस्तो सोच्यो तर मुखले भने भन्यो; ‘म भौतिक वस्तुले अघाएको छु, नानी ।’

पक्कै बाले भाउ खोजेका हुन् भन्ठान्दै छोरीले कार किन्दिने कुरा गरी । काठमाडौँमा घर जोड्दिने प्रस्ताव राखी । बाको शरीरलाई मालिस गर्ने मेसिन चाहिँ नपठाई छाड्दिन भनी । बाले कुनै कुरा पनि स्विकारेनन् ।

‘केही लिने कुरा गरेर मात्र फोन राख्नुस् । नत्र फोन राख्नै पाउनुहुन्न ।’ छोरीले बाल्यकालीन जिद्दी दोहर्‍याई ।
सकसमा परेर बाले भने; ‘बिना पैसोको केही चीज तेरो साथ भए त्यही दे ।’

‘त्यस्तो के चीज हो ?’ छोरीको आवाज सुनियो ।

‘तँसँग भएको माया, सम्मान र सहानुभूति कुशेऔँसीमा मात्र हैन आफ्नो जीवनभरि मलाई दिन सक्छेस् ?’ बाको प्रश्नको उत्तरस्वरूप फोन खत्रक्क यथास्थानमा बस्यो ।

०००

सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x