सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अगणित माया

‘तँसँग भएको माया, सम्मान र सहानुभूति कुशेऔँसीमा मात्र हैन आफ्नो जीवनभरि मलाई दिन सक्छेस् ?’ बाको प्रश्नको उत्तरस्वरूप फोन खत्रक्क यथास्थानमा बस्यो ।

Nepal Telecom ad

‘यसपाला के पठाइदिउँ बा ?’ असी पुगेर बसिखाने बेलाका बुबालाई क्यानाडा बस्ने छोरीले प्रश्न सोधी ।
‘सप्पै कुरो पुग्दो छ नानी मलाई ।’ बाको जवाफ सुन्नासाथ छोरीले भनिहाली; ‘आफ्नो रुचीको कुरो माग्नुस् । मौका यही हो । अरू बेला पाइन्न ।’

‘नजा, नजा भन्दाभन्दै बुरुक्क उफ्रेर गइस् अनागरिक बन्न अर्काको देसमा । तँ काम माग्दै खाँदै गर्छेस् भन्ने बुझेको छु । मलाई पनि मगन्ते नै ठानिस् कि क्या हो ।’ बाको मनले यस्तो सोच्यो तर मुखले भने भन्यो; ‘म भौतिक वस्तुले अघाएको छु, नानी ।’

पक्कै बाले भाउ खोजेका हुन् भन्ठान्दै छोरीले कार किन्दिने कुरा गरी । काठमाडौँमा घर जोड्दिने प्रस्ताव राखी । बाको शरीरलाई मालिस गर्ने मेसिन चाहिँ नपठाई छाड्दिन भनी । बाले कुनै कुरा पनि स्विकारेनन् ।

‘केही लिने कुरा गरेर मात्र फोन राख्नुस् । नत्र फोन राख्नै पाउनुहुन्न ।’ छोरीले बाल्यकालीन जिद्दी दोहर्‍याई ।
सकसमा परेर बाले भने; ‘बिना पैसोको केही चीज तेरो साथ भए त्यही दे ।’

‘त्यस्तो के चीज हो ?’ छोरीको आवाज सुनियो ।

‘तँसँग भएको माया, सम्मान र सहानुभूति कुशेऔँसीमा मात्र हैन आफ्नो जीवनभरि मलाई दिन सक्छेस् ?’ बाको प्रश्नको उत्तरस्वरूप फोन खत्रक्क यथास्थानमा बस्यो ।

०००

सिर्जनाकुटी, सिरहा ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भेटेको मोबाइल

भेटेको मोबाइल

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
ङ माने ङिच्च

ङ माने ङिच्च

रमेश विकल
रेखा

रेखा

शेषराज भट्टराई
राजनीति

राजनीति

शुक्रराज कुँवर
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई