साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो खराबको मान्छे !!

सभा, जुलुसका ताली-नाक चौडा फुलेँछु म अहङ्कार भरी फुल्दा-खोक्रो बेलुन् फुलेँछु म ! देखिराख्नु भएकै छ- ऐले आसन त्यै छु म कस्तो खराबको मान्छे-दृश्यमै दौडिएँछु म !!

Nepal Telecom ad

अर्को क्वै हुन्छको सोच-निख्रिएर रहेंछु म
बलियो हात हात्तीको-सूँढझैँ पो भएँछु म !
पत्नी, प्रिया उता पुत्र-पुत्रीमै बेरिएँछु म
राजनीति भनी यौटा-वर्गमै घेरिएँछु म !!

कता, कस्तो छु के भन्दै-भेलमा हेलिएँछु म
आक्रोशका झिकी झोक्का-जेलमा ठेलिएँछु म !
निस्कँदा पगरी माला-मालामै जेलिएँछु म
कस्तो खराबको मान्छे ? -मान्छेमै पेलिएँछु म !!

राजनीति हिरो नेता-छात्ती यत्रो फुलेँछु म
भ्रष्टका भातका राश-राश राशै भुलेँछु म !
निरीहका सबै थुत्दै-गाँसले मोटिएँछु म
कस्तो खराबको मान्छे ?-जुङ्गाले छोटिएँछु म !!

सभा, जुलुसका ताली-नाक चौडा फुलेँछु म
अहङ्कार भरी फुल्दा-खोक्रो बेलुन् फुलेँछु म !
देखिराख्नु भएकै छ- ऐले आसन त्यै छु म
कस्तो खराबको मान्छे-दृश्यमै दौडिएँछु म !!

अन्तर्अनन्तको यात्रा-सोच्ने खै ? सोचमा छु म
बुद्ध, गान्धी कहाँ छन् खै ?-फोहोरी खोँचमा छु म !
जुडासको भिरी बिल्ला-गोडेसे सोचमा छु म
कस्तो खराबको मान्छे ? -स्वार्थकै खोँचमा छु म !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x