साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरुको योजना बिगार्ने योजना

हो अरू साथीहरूलाई पनि सर्कुलर गर्नुहोला । यो होटलवाला पनि निकै किचकिच गरिरहेको छ । यसैलाई उम्मेदवार बनाउनुपर्ने बाध्यता हुन सक्छ ।

Nepal Telecom ad

स्थानः एक महंगो होटल
वातावरणः झुमर टल्किरहेको, विशेष बल्बले रातो प्रकाश फालिरहेको, एसीको चिसो हावा, शानदार टेबल, टेबलपोस, प्लेटमा घोप्टाएर राखिएका सिसाका थरिथरिका गिलासहरू ।
पात्रहरूः मालिक, आफ्नै कुटुम्ब पत्रकार र केही थान योद्धाहरू ।

(तातो चिसो पानी आइपुग्छ, मागअनुसारका खाद्यान्न, मिष्ठान्न, पेयका भाँडाहरू आउँदै रित्तिँदै जाँदैछन् ।)

पत्रकारः मालिक, भावी योजना के छ ? कसरी चुनाव जित्ने हामीले ?
मालिकः हामी कसैले नसोचेको उम्मेदवार उठाउनेछौं ।
योद्धा नम्बर एकः (मलिन स्वरमा) हामी पनि होइनौं मालिक ?
मालिकः होइन । होइन । तिमीहरूको जिम्मेवारी पूरानै छँदैछ नि ।
(वेटरतर्फ इङ्गित गर्दै)
यी साथीहरूलाई रोस्ट-टोस्ट, भुटन-कुटन, लेगपिस-विङ्स के छ एक बाल्टिन जति देओ त ।
योद्धा नम्बर दुईः हस् मालिक हस्, हामी जिम्मेवारीकै काम गर्नेछौं ।
पत्रकारः मालिक, विपक्षीले यसपटक महिला उम्मेदवार बनाउने भएको छ । हामीले पनि महिला छान्नुपर्छ होला । त्यसो भयो भने समाचार बनाइहाल्नुपर्नेछ ।
मालिकः महिला बनाउन पनि सकिन्छ । पुरुष नै बनाउनु पर्ने अवस्थामा तपाईंको भूमिका के हुन्छ नि ?
पत्रकारः अहो, मालिक मैले चाहेको समाचार छाप्न र नचाहेको नछाप्न पनि त सक्छु नि ।
मालिकः हो अरू साथीहरूलाई पनि सर्कुलर गर्नुहोला । यो होटलवाला पनि निकै किचकिच गरिरहेको छ । यसैलाई उम्मेदवार बनाउनुपर्ने बाध्यता हुन सक्छ ।
योद्धा नम्बर दुईः घरबेटी, होटलवाला, सवारी चालकलाई उम्मेदवार बनाउन थालियो भने हामीले ढुंगा, मुढा हानेको केका लागि ? पुलिसको नरकट हाम्रा ढाडमा थापेका छौं हामीले ।
पत्रकारः तिमीले मापदण्ड पार गर्यौ ।
योद्धा नम्बर तीनः के पार गर्यौं र महोदय ?
पत्रकारः तिमीहरूलाई ताली बजाउन र ढाड बजाउनकै लागि ल्याइएको हो भन्ने बिर्सियौ ।
योद्धा नम्बर दुईः माफ पाउँ मालिक ।

पत्रकारः यो चुनावमा जसरी पनि जित्नैपर्ने छ । केही योजना त बनाउन पर्यो मालिक ।
मालिकः योजना बनाउन नसके के गर्ने ? तिमीले केही सोचेका छौ ?
पत्रकारः त्यो त छैन मालिक ।
मालिकः अरूका योजना बिगार्ने ।
पत्रकारः त्यो कसरी सम्भव छ मालिक ?
मालिकः वेटर, केटाहरूलाई के के चाहियो सोध त ।
पत्रकारः बुझेँ मालिक ।
मालिकः अस्ति भण्डाफोर अभियानमा भागाभाग गरेका टोलीमा तिमीहरू थिएनौ ? गुलेली, लाठी र ढुंगा कता फालेर भाग्यौ ?
योद्धाहरूः पानीको फोहरा र अश्रु शेल फाल्न थालेपछि भागाभाग गर्नु परेको हो मालिक । ती सामान अर्को टोलीसँग नै छुटेको हो मालिक ।
मालिकः तैं रानी मैं रानी, कसले भर्ला कुवाको पानी भन्या यही हो ।
(सबै मौन छन् एकछिन ।)

पत्रकारः अब हाम्रो अवस्था के होला त मालिक ?
मालिकः हामी पहिलो पार्टी बन्छौं ।
(चुसिरहेको सपेटो कोटको दायाँ गोजीमा छिर्दछ ।)

(हाँसोको फोहरा उठ्नुअघि नै आ-आफ्ना मुख हातले छोप्दछन् ।)
पत्रकारः (नियन्त्रित हुँदै) त्यो कसरी सम्भव छ मालिक ?
मालिकः त्यसका लागि हामी जहिल्यै दोश्रो हुनेसँग सहकार्य गर्न तयार छौं । उनीहरू पनि पहिलो हुनका लागि ललायित हुनेछन् ।
पत्रकारः विजयको ललिपप बनाउने ठेक्का हजुरले नै लिनु भएको छ कि क्या हो मालिक ?
मालिकः ठेकेदार जो घरबेटी छन् । ठेकेदार जो चेला छन् । ठेकेदार जो मालिक छन् । ठेकेदार जो पत्रकार छन् । ठेकेदार जो कार्यकर्ता छन् । ठेकेदार जो जनता छन् । हाम्रा उद्देश्य पूरा गर्न लागिपरेकाहरू सबै ठेकेदार हुन् ।

(बोलावट हुन्छ)
वेटर !!
वेटरः हजुर सर ।
मालिकः बील तिम्रो साहुलाई बुझाउनु है ।
वेटरः हस् सर । त्यो त थाहै छ नि ।

(मनमनै, चुनावअघिपछि यसरी नै राहत बाँड्दा बाँड्दा फाइभ स्टारबाट थ्रि स्टार हुँदै रिसोर्ट नाममा येनकेन चलिराछ । कुन दिनमा यही पनि लिलाम गरेर साहुले साइँलीको भट्टी खोल्नेछन् । आफूले वेटरबाट कान्छा हुनुपर्ने होला फेरि । टाट पार्नेका प्रगति, टाट हुनेका कुन गति ।)

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x