साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच व्यङ्ग्य ठोक्तक

देशको मुहार हेर्दा दीर्घरोगीजस्तो लाग्छ नेताको पुष्ट अनुहार हेर्दा भोगीजस्तो लाग्छ हामी नेपालीहरूको भाग्य यस्तै रहेछ कि हाम्रो सरकार हेर्दा जोगीजस्तो लाग्छ ।

Nepal Telecom ad

१.
लट्टेबाबाले आशिर्वाद दिए भाग्य चम्किन्छ
नेताले भाषण गरे देशमा विकास लम्किन्छ
सयौं वर्षदेखिको हाम्रो यो रोग कहिले गएन
यस्तै भ्रम लिएर हाम्रो वीरगाथा गम्किन्छ ।

२.
दास बनेर मालिकको गोडामा दाम राख्यौ
रामलाई लखेटेर आसनमा हराम राख्यौ
स्वार्थ र लालचमा परी आमा बेच्न तम्सियौ
इतिहासमा आफ्नै नाम बदनाम राख्यौ ।

३.
बाढी, पहिरो, भूकम्प के के आयो आयो
खेतबारी, गाईगोठ मान्छेसमेत बगायो
प्रकृतिको लिला भन्दै चित्त बुझाउने
गरीबको झुपडीमा लुटतन्त्रले गीत गायो ।

४.
देशको मुहार हेर्दा दीर्घरोगीजस्तो लाग्छ
नेताको पुष्ट अनुहार हेर्दा भोगीजस्तो लाग्छ
हामी नेपालीहरूको भाग्य यस्तै रहेछ कि
हाम्रो सरकार हेर्दा जोगीजस्तो लाग्छ ।

५.
औंलामा गन्नुपर्ने आदरार्थीहरू छन्
मनदेखि भन्नुपर्ने केही पार्थीहरू छन्
संसारमा अनेकथरीका छन् मान्छेहरू
थोरै मात्र विश्वासिला धेरै स्वार्थीहरू छन् ।

०००
महालक्ष्मी न.पा.५, टिकाथली, ललितपुर
९८४१४११३९३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x