सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच व्यङ्ग्य ठोक्तक

देशको मुहार हेर्दा दीर्घरोगीजस्तो लाग्छ नेताको पुष्ट अनुहार हेर्दा भोगीजस्तो लाग्छ हामी नेपालीहरूको भाग्य यस्तै रहेछ कि हाम्रो सरकार हेर्दा जोगीजस्तो लाग्छ ।

Nepal Telecom ad

१.
लट्टेबाबाले आशिर्वाद दिए भाग्य चम्किन्छ
नेताले भाषण गरे देशमा विकास लम्किन्छ
सयौं वर्षदेखिको हाम्रो यो रोग कहिले गएन
यस्तै भ्रम लिएर हाम्रो वीरगाथा गम्किन्छ ।

२.
दास बनेर मालिकको गोडामा दाम राख्यौ
रामलाई लखेटेर आसनमा हराम राख्यौ
स्वार्थ र लालचमा परी आमा बेच्न तम्सियौ
इतिहासमा आफ्नै नाम बदनाम राख्यौ ।

३.
बाढी, पहिरो, भूकम्प के के आयो आयो
खेतबारी, गाईगोठ मान्छेसमेत बगायो
प्रकृतिको लिला भन्दै चित्त बुझाउने
गरीबको झुपडीमा लुटतन्त्रले गीत गायो ।

४.
देशको मुहार हेर्दा दीर्घरोगीजस्तो लाग्छ
नेताको पुष्ट अनुहार हेर्दा भोगीजस्तो लाग्छ
हामी नेपालीहरूको भाग्य यस्तै रहेछ कि
हाम्रो सरकार हेर्दा जोगीजस्तो लाग्छ ।

५.
औंलामा गन्नुपर्ने आदरार्थीहरू छन्
मनदेखि भन्नुपर्ने केही पार्थीहरू छन्
संसारमा अनेकथरीका छन् मान्छेहरू
थोरै मात्र विश्वासिला धेरै स्वार्थीहरू छन् ।

०००
महालक्ष्मी न.पा.५, टिकाथली, ललितपुर
९८४१४११३९३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरीबको बक-पत्र

गरीबको बक-पत्र

दिव्य गिरी
राम राम ! हरे राम !!

राम राम ! हरे...

दिव्य गिरी
प्रेतहरू

प्रेतहरू

दिव्य गिरी
प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

दिव्य गिरी
जुकाहरू

जुकाहरू

दिव्य गिरी
वीर नभन

वीर नभन

दिव्य गिरी
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी