साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दर

“गडफादर”ले तोक्छन् सबै बाँदरको दर बन्लान् मखमली झट्टै, छोडी खद्दर बाँदर छलीले छालीले भर्छन् आफ्नो उदरको दर चर्चा, हल्ला ठूलो गर्छ बबुरो तीजको दर ।

Nepal Telecom ad

दर भाउ नमिल्नाले मिल्दैनन् सब बाँदर
झुण्डझुण्ड बनेका छन् दर-का-दर बाँदर
दर-मा-दर मिल्नाले मिल्नेछन् नव बाँदर
एउटै दरका हुन्छन् मिलेमा सब बाँदर ।१।

दरपीठ भएको नै एम्सीसी जालको दर
चार वर्षे भयो टुंगो छैन सद्दर बद्दर
भदौरे जलझैं वर्षे डलरे दर दर्दर
दर बाँदरको मिल्छ हुनेछ अनि सद्दर ।२।

कालीगण्डकीमा फल्ने, पाक्ने डलरको दर
हन्तकालीहरूलाई बन्छ अमृतझैं दर
ठूला साना सबै एकै दरका पार्न बाँदर
अविलम्ब उताबाट आउलान् “गडफादर” ।३।

“गडफादर”ले तोक्छन् सबै बाँदरको दर
बन्लान् मखमली झट्टै, छोडी खद्दर बाँदर
छलीले छालीले भर्छन् आफ्नो उदरको दर
चर्चा, हल्ला ठूलो गर्छ बबुरो तीजको दर ।४।

बालिका, यौवना, वृद्धा सारामा समआदर
समभाव दिई आओस् आाजका दिनको दर
दर-मा-दर पक्का होस् आफ्नै यो तीजको दर
ढकनी खीरमा बाक्लो लगाऊन् दर-मा-तरः ।५।

०००

२०७८/०५/२३
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x