सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दर

“गडफादर”ले तोक्छन् सबै बाँदरको दर बन्लान् मखमली झट्टै, छोडी खद्दर बाँदर छलीले छालीले भर्छन् आफ्नो उदरको दर चर्चा, हल्ला ठूलो गर्छ बबुरो तीजको दर ।

Nepal Telecom ad

दर भाउ नमिल्नाले मिल्दैनन् सब बाँदर
झुण्डझुण्ड बनेका छन् दर-का-दर बाँदर
दर-मा-दर मिल्नाले मिल्नेछन् नव बाँदर
एउटै दरका हुन्छन् मिलेमा सब बाँदर ।१।

दरपीठ भएको नै एम्सीसी जालको दर
चार वर्षे भयो टुंगो छैन सद्दर बद्दर
भदौरे जलझैं वर्षे डलरे दर दर्दर
दर बाँदरको मिल्छ हुनेछ अनि सद्दर ।२।

कालीगण्डकीमा फल्ने, पाक्ने डलरको दर
हन्तकालीहरूलाई बन्छ अमृतझैं दर
ठूला साना सबै एकै दरका पार्न बाँदर
अविलम्ब उताबाट आउलान् “गडफादर” ।३।

“गडफादर”ले तोक्छन् सबै बाँदरको दर
बन्लान् मखमली झट्टै, छोडी खद्दर बाँदर
छलीले छालीले भर्छन् आफ्नो उदरको दर
चर्चा, हल्ला ठूलो गर्छ बबुरो तीजको दर ।४।

बालिका, यौवना, वृद्धा सारामा समआदर
समभाव दिई आओस् आाजका दिनको दर
दर-मा-दर पक्का होस् आफ्नै यो तीजको दर
ढकनी खीरमा बाक्लो लगाऊन् दर-मा-तरः ।५।

०००

२०७८/०५/२३
इलाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेताहरू !

नेताहरू !

खोलाघरे साहिँलोे
असह्य

असह्य

खोलाघरे साहिँलोे
हामीले अब माथि…

हामीले अब माथि…

खोलाघरे साहिँलोे
लुकेसरि बेहुलीले

लुकेसरि बेहुलीले

खोलाघरे साहिँलोे
बुख्याँचा

बुख्याँचा

खोलाघरे साहिँलोे
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’