सञ्जय साह मित्रद्यौताको परीक्षा
भगवानहरूमाथि अविश्वास बढेको देखेर बुढो देउताले युवती र आमालाई फू गरे । दुवै जना घर पुगे । आमाले सोधी - द्यौतालाई किन नपत्याएको ? मान्छे भए पो विश्वास गर्नु, द्यौतामाथि कसैले विश्वास गर्छ ?

उसलाई देख्ने बित्तिकै कतिपय युवाको मुख रसाउँथ्यो, बिहे गरिसकेको मन पछुताउँथ्यो र बिहे गर्न बाँकीको मन हौस्याउँथ्यो । ऊ भने भाउ दिन्नथी, दाउ लिन्नथी । इसारा बुझ्दैनथी, कुनै युवकलाई पुछ्दैनथी ।
एक दिन ऊ व्रत बसेकी थिई । दिनभर भोकै बसेर साँझ मन्दिरमा देउतै देउतालाई पूजा गरी घर फर्किरहेकी थिई । पूजा गर्न ढिला गरेकीमा आमालाई झर्किरहेकी थिई । मन्दिर र घरको बिचमा एउटा फाँट थियो । अँध्यारो अलिक बढेको थियो तर जुनको छाँट थियो । उसको आफ्नै बारीबाट उखुको घारीबाट एक हुल देउताहरू निस्के, युवतीसित जिस्के -“तिम्ले अघि पूजा गर्या जत्ति द्यौता हामी नै हौँ । अैलेसम्म फोटो मात्र देखेकीथ्यौ, साक्षात देखिल्यौ लौ ।”
द्यौताको ताँती देखेर अक्क न बक्क भई छक्क पर्दै आमा चैँ मुच्छ्र्या परी । युवती चैँ द्यौताहरूलाई गाली गर्दै भनी -“कहीँ नभाका लठुवाहरू, नक्कली द्यौता बनेर आइमाई तर्साउने बदमासहरू, पख तिमेरुलाई अैले सजायँ दिलाउँछु” मोबाइल निकाली र पुलिसलाई फोन गरी । ठ्याक्कै ठाउँ बताइदिई ।
यौटा ठूल्चाईँ द्यौताले गम्भीर भएर भने “तिमी जस्तो चाहन्छौ त्यस्तो अहिले चमत्कार गर्छु ।”
युवतीले बोली- “चमत्कार होइन बलात्कार गर्छौ । एकै छिनमा पुलिस आएन, तिमेरुलाई लौरो देखाएन भने ।”
“द्यौतामाथि यत्रो अविश्वास ? मानिसहरू बिग्रेर द्यौतामाथि भरोसा उठेको हो । हामी साँच्चिकै द्यौता छौँ, असली भगवान् हौँ ।”
भुत्राको देउता र भगवान् । सबैको असली रुप काम परेपछि देखिन्छ ।
दारी फुलेको बुढो देउताले भने- भन त हामी द्यौता हौँ भन्ने कुरो तिमी कसरी पत्याउँछौ ?
अैले मलाई घर पुर्याइदेऊ ।
आँखा चिम्ल ।
नाइँ तिमीहरू बदमासी गर्छौ म आँखा चिम्लेँ भने ।
भगवानहरूमाथि अविश्वास बढेको देखेर बुढो देउताले युवती र आमालाई फू गरे । दुवै जना घर पुगे ।
आमाले सोधी – द्यौतालाई किन नपत्याएको ?
मान्छे भए पो विश्वास गर्नु, द्यौतामाथि कसैले विश्वास गर्छ ?
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































