साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविगोष्ठी

अर्कोदिन चौबाटोमा भेटेर सोधेँ, तिमी कुन दुनियामा छौ ? नाजवाफ नाजवाफ ऊ फरक्क फर्क्याे र लजाएर टिप्पणी लेख्न थाल्यो । आज कविगोष्ठी छ !

Nepal Telecom ad

जहाँका मान्छेहरू
टोपी र कल्कीका फुर्काहरू भिरेर
आफ्ना पुर्खाको गाथामा भोजन गर्छन् ।
दुनियालाई नयाँ उद्घोषण गरेर बुट बजार्छन्
र, कलियुगका नायक बन्छन्-
त्यहाँ कुनै सुन्दर फूल फुल्ने छैन ।

जहाँका मान्छेहरू पण्डितभन्दा बढी
पण्डा बन्छन् र सिदा उतार्छन् ।
बैतणर्ी तर्न नाम नामेसी लेखेर टाँग्छन्
त्यहाँ कुनै नयाँ अर्को अवतार रहने छैन ।

भद्दा गफमा लिलि फ्लावरका मृतगन्धहरू
प्लाष्टिकका गुडियामा अत्तर बनेर फर्कन्छन् ।
हेरूँ, मेरो आँगनको छेउतिरका दृष्यहरूमा
अतिकृतिम अत्तरका सुगन्धका टिप्पणीहरू
एक गफ्फा कुहिरोको गन्थनसँगै लेखिरहेछ
मेरो नाकको वरिपरि खिसि गरेर- सूचना !

जहाँका मान्छेहरू सङ्कीणर् हुन्छन्
त्यहाँ नै हो गफाडीहरूको आदर्श स्थल ।
त्यहाँ नै हुने गर्छ, बेतालको रागका गायनहरू
जहाँ प्रतिभाहरू हराउँदै जानेछन्- आफैसँग !

नजरका वरिपरि उभिएको हात्ती,
अनि गफाडीहरूको भ्रमका बिचमा खै
कसरी निर्क्यौल गरिन्छ र तथ्यहरू ?
मनका भ्रम र आग्रहका कुण्ठाहरूमा कतै
सरापिरहेछन्- पलपल, हरपल जीवनमा कोही ।

जहाँका मान्छेहरूको संसार
एक्योरियममा सल्बलाइरहेछ सिम्फोनी धुनसँगै
धमिलो पानीमा केही आहाराका साथ !

एकरात अनेक साथका मान्छेहरू
एकदिन घृणा विहिनका मान्छेहरू
लालपूर्जा वितरण गर्न नजिकै आए
मसँग कसम खाएर गए, खै कता गए !
अर्कोदिन चौबाटोमा भेटेर सोधेँ,
तिमी कुन दुनियामा छौ ?

नाजवाफ नाजवाफ ऊ फरक्क फर्क्याे र
लजाएर टिप्पणी लेख्न थाल्यो ।
आज कविगोष्ठी छ !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x