डा. विदुर चालिसेकविगोष्ठी
अर्कोदिन चौबाटोमा भेटेर सोधेँ, तिमी कुन दुनियामा छौ ? नाजवाफ नाजवाफ ऊ फरक्क फर्क्याे र लजाएर टिप्पणी लेख्न थाल्यो । आज कविगोष्ठी छ !

जहाँका मान्छेहरू
टोपी र कल्कीका फुर्काहरू भिरेर
आफ्ना पुर्खाको गाथामा भोजन गर्छन् ।
दुनियालाई नयाँ उद्घोषण गरेर बुट बजार्छन्
र, कलियुगका नायक बन्छन्-
त्यहाँ कुनै सुन्दर फूल फुल्ने छैन ।
जहाँका मान्छेहरू पण्डितभन्दा बढी
पण्डा बन्छन् र सिदा उतार्छन् ।
बैतणर्ी तर्न नाम नामेसी लेखेर टाँग्छन्
त्यहाँ कुनै नयाँ अर्को अवतार रहने छैन ।
भद्दा गफमा लिलि फ्लावरका मृतगन्धहरू
प्लाष्टिकका गुडियामा अत्तर बनेर फर्कन्छन् ।
हेरूँ, मेरो आँगनको छेउतिरका दृष्यहरूमा
अतिकृतिम अत्तरका सुगन्धका टिप्पणीहरू
एक गफ्फा कुहिरोको गन्थनसँगै लेखिरहेछ
मेरो नाकको वरिपरि खिसि गरेर- सूचना !
जहाँका मान्छेहरू सङ्कीणर् हुन्छन्
त्यहाँ नै हो गफाडीहरूको आदर्श स्थल ।
त्यहाँ नै हुने गर्छ, बेतालको रागका गायनहरू
जहाँ प्रतिभाहरू हराउँदै जानेछन्- आफैसँग !
नजरका वरिपरि उभिएको हात्ती,
अनि गफाडीहरूको भ्रमका बिचमा खै
कसरी निर्क्यौल गरिन्छ र तथ्यहरू ?
मनका भ्रम र आग्रहका कुण्ठाहरूमा कतै
सरापिरहेछन्- पलपल, हरपल जीवनमा कोही ।
जहाँका मान्छेहरूको संसार
एक्योरियममा सल्बलाइरहेछ सिम्फोनी धुनसँगै
धमिलो पानीमा केही आहाराका साथ !
एकरात अनेक साथका मान्छेहरू
एकदिन घृणा विहिनका मान्छेहरू
लालपूर्जा वितरण गर्न नजिकै आए
मसँग कसम खाएर गए, खै कता गए !
अर्कोदिन चौबाटोमा भेटेर सोधेँ,
तिमी कुन दुनियामा छौ ?
नाजवाफ नाजवाफ ऊ फरक्क फर्क्याे र
लजाएर टिप्पणी लेख्न थाल्यो ।
आज कविगोष्ठी छ !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































