साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूमिका

तपाईंको विचार र सोँचमा म वाधा उत्पन्न गर्न चाहन्नँ । तर तपाईंलाई लास्ट रिक्वेस्ट गर्छु- मलाई एक पेज शुभकामना लेख्न दिनुहोस् न म्याम... प्लिज । उहाँले मलाई वाक्कै दिक्कै लगाउन थाल्नुभयो ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

सस्तोमा आफ्ना कुराहरू विज्ञापन गर्न हिजोआज निकै सजिलो भएको छ ।
फेसबुकवालमा नयाँ गाड़ीसित छोरो वा छोरीको उपहार भनी पोष्ट गर्नोस्…. सारा संसारभरि गाड़ीको किनेको हल्ला फैलिन्छ । फेसबुकको भाषामा भाइरल ।

घरमा नवजात शिशु जन्मिनु मात्रै पर्छ फेसबुकमा नयाँ नानीको फोटो पोष्ट । त्यो पनि भाइरल ।
सुँगुरले एकै बेतमा एक दर्जन पाठो-पाठी ब्याएको फोटो पोष्ट गर्नुहोस्… लाइक आएको आएकै । यसैले म भन्छु फेसबुक जिन्दावाद ।

हिजोआज कुनै साहित्यिक कृति प्रकाशित हुनुभन्दा एडभान्स्ड कृतिको नाम सहित तिनको कभर डिजाइन पोष्ट गर्ने एक प्रकारको हावा नै चलेको छ । मलाई पनि त्यो हावाले भेटेको छ भन्ने कुरा यहाँ नभनी चुपो लागि बस्नु सकिनँ ।

मेरो पनि कृति प्रकाशित गर्ने घरबाट अनुमति पाएपछि गाउँकै चित्रकार दाज्यूलाई कृतिको कभर डिजाइन बनाउनु लगाएँ । दाज्यूले पनि पन्घ्र दिनमै सुन्दर कभर डिजाइन तयार पारेर मलाई पठाइदिनुभयो । डिजाइन देखेर म आफै दङ्गै परेँ । तुरुन्तै फेसबुकमा पोष्ट गरिहालेँ- मेरो नयाँ कृति चाँड़ै तपाईंहरूको हात-हातमा आइपुग्नेछ ।

मेरा हजारौं साथीहरूले मलाई फेसबुकमै अग्रिम बधाई शुभकामना दिएर मलाई फुरुक्कै पारे । कृति कहिले छापिने हो त्यसबारे केही कुरै भएको छैन । ‘नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले’ भनेजस्तो कृति छापियोस् कि नछापियोस्… मतलब छैन । तर कभर डिजाइन मात्रै पोष्ट गर्नु पनि मेरो निम्ति गौरवको विषय थियो ।

यो हल्ला निकै फैलियो । धेरै ठूल-ठूला साहित्यकारले मलाई फोन गर्न थाले । अन्य कार्यक्रमतिर नमस्कार ग्रहण गर्न पनि गाह्रो मान्ने, फ्रेण्ड रिक्वेष्ट हेर्दै नहेर्ने साहित्यकार महोदयले मलाई रातदिन फोन गरेर कृतिबारे किसिम किसिमका कुरा सोध्न थाल्नुभएको देखेर म छक्क परेँ ।

एकजना साहित्यकार सरले सोध्नुभयो, तपाईंको प्रकाशोन्मुख कृतिको भूमिका कसलाई लेखाउनु हुने ?
मैले तत्कालै जवाब दिएँ- सर अहिले त्यसबारे केही सोचेकी छैन ।

एकजना परम सखीले सोधिन्- एई…तेरो पुस्तकको भूमिका कसलाई लेखाउँछस् ? अलिक राम्रोलाई हेरेर भूमिका लेखाइ माग है । कतिले त भूमिकामा के के लेखेर तेरो कृति लाष्ट बोरिङ बनाइदेला नि ।
सखीलाई पनि त्यस्तै जवाब दिएँ, खै मैले सोचेकै छैन ।

साहित्यमा भर्खर भर्खर देखा परेका तर आफूलाई भने निकै पोपुलर, हिट साहित्यकार दाइले भने- तपाईंको पुस्तक निस्किँदैरहेछ । खुसी लाग्यो । मेरो शुभकामना । भूमिका लेख्नु चाहिँ मलाई दिनुहोस् ल । म दामी लेखिदिन्छु ।
मैले भनेँ, हेरूँ न सर ।
उनले भने, किन हेरूँ ? तपाईंको पुस्तकको भूमिका लेख्न मलाई नै दिनुपर्छ भन्ने छैन । त्यो डिपेण्ड अपन यू । बट… पुराना ब्याकडेटेड साहित्यकारलाई चाहिँ प्लिज भूमिका लेख्नु नदिनुहोस् है !

मेलै सोधेँ, किन त्यसो भन्नुभएको हजूरले ? मार्केटमा जो चलन चल्ती साहित्यकार छन् त्यस्ता साहित्यकारलाई भूमिका लेख्न दिएको राम्रो होइन र सर ?

हो किन होइन ? तपाईंले एकदमै ठिकै भन्नुभयो । स्वीकार्छु तपाईको विचार हण्ड्रेड पर्सेन्ट । तर खासमा तपाईंसित मेरो कस्तो घनिष्टता छ । भूमिका लेख्ने चान्स मलाई पनि दिनुहोस् न भनेको पो । आफ्नो सम्झेर मनले जितेर । हेर्नुहोस् म्याम… जोसुकैलाई भूमिका मै लेखिदिन्छु भन्नु भएऩ । तपाईंसितै मेरो अर्कै सम्पर्क छ र त भूमिका लेख्नु मागेको ।

मैले भनेँ, होइन सर… तपाईंको भूमिका बजारमा चलेन भने ?
उनको स्पष्टीकरण, मेरो भूमिका लेखाइ हेर्नुहोस् न एकपल्ट । पाठकलाई म यस्तो ग्रिपमा ल्याउँछु कि तपाईं पछि छक्कै पर्नुहुन्छ ।

मैले नम्र स्वरमा भनेँ, त्यसमा कुनै डाउट नै छैन नि ।
मलाई उनले जबरजस्ती गर्न थाले । म भने मेरो प्रकाशनोन्मुख कृतिमा भूमिका लेखाएर पृष्ठ खेरो फाल्नु छैन । मैले उनलाई भनेँ, हुन्छ सर म सोँचेर एक दुइ दिनमा रिप्लाई दिन्छु नि ल !
फेरि उनको अड़्को, नाथे सानु भूमिका लेख्नुको निम्ति तपाईंलाई कहाँ पर्खिरहनु भन्नुहोस् त ।

यसरी तार तारको फोर आउन थाल्यो अन्य साहित्यकारहरूबाट । उनीहरूले मेरो कृतिको भूमिका म लेखिदिन्छु भन्न नसके पनि भूमिका लेख्नु चाहिँ मैले उनलाई नै पाण्डुलिपि दिनुपर्ने करा स्पष्ट भयो ।
कतिले उनको लबीका ठूला साहित्यकारलाई भूमिका लेख्नुदिनु भनी नाम सिफारिस गरे ।

अहिलेसम्म जति पनि कृतिहरू निस्कन्छन् । ती कृतिमा लेखिएका भूमिका पनि लबी गरेर, तेल मालिस गरेर वा सिफारिसकै आधारमा लेखिएका हुन् भन्ने प्रश्नले मलाई गिजोलिरह्यो । विषयसित सम्बन्धित भूमिका लेख्न दिनुपर्ने होइन र ? फेरि थप जिज्ञासाले मेरो प्रेसर बढ़ायो ।

सोचेँ, मेरो कृतिको भूमिका लेखिदिँदैमा भूमिका लेखकको भूमिका लेखेर मेरो प्रकाशनोन्मुख कृति बजारमा हट केकजस्तो बिक्री होला ? कि भूमिका लेखकको भूमिका देखेर मलाई नगद राशिले सम्मान गर्ला ? कि भूमिका लेख्ने रहर मात्रै उनको ।

मलाई डाइरेक्ट भूमिका लेख्छु भन्ने साहित्यकारले फेरि फोनमा भने, खै म्याम तपाईंको कुनै रेसपोन्स आएन आजसम्म । यसो गर्नुहोस् न ठिकै छ मलाई भूमिका लेखाउनुहुन्न भने ठिकै छ । तपाईंको विचार र सोँचमा म वाधा उत्पन्न गर्न चाहन्नँ । तर तपाईंलाई लास्ट रिक्वेस्ट गर्छु- मलाई एक पेज शुभकामना लेख्न दिनुहोस् न म्याम… प्लिज । उहाँले मलाई वाक्कै दिक्कै लगाउन थाल्नुभयो । उहाँको रिपिट कलले मलाई इरिटेड बनाइसकेको थियो । फोन काटिदिएँ । त्यसदिन कम्तिको पनि पन्ध्रपल्ट फोन गर्नुभयो । पटक्कै रिसिभ गरिनँ…. गर्दै गरिनँ ।

बस् त्यसैदिनदेखि मैले मेरो कुनै पनि कृतिमा भूमिका नलेखाउऩे प्रतिज्ञा गरेकी छु ।

०००

खोलाचन्द फाप्री, जलपाइगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x