साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्रभाइ बा (७)

ढाल्न खोज्नुभो जेसुकै पनि क्रोध पाल्नुभो मूर्ख झैँ बनी आउँदा लुतो सञ्चमान्नु भो बा कन्याउँदै बस्न जान्नु भो

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

देशभक्तको साथ छोड्नुभो
स्याल ,बाघको खोल ओढ्नुभो
स्वच्छ दृष्टिमा दाग देख्नुभोल
भ्रष्टाचारको गीत लेख्नु भो (४१)

पक्ष भ्रष्टको लाग्नुहुन्छ बा
सत्य भेटिए भाग्नुहुन्छ बा
सभ्यता सबै मास्नुहुन्छ बा
शुद्ध मासिदा हाँस्नुहुन्छ बा(४२)

सूचनासँगै खेल्न जान्नुभो
वाक युद्धनै मुख्य ठान्नुभो
लेखभित्र नै वाद रोप्नु भो
वादबाट झन् दाउ छोप्न्नुभो (४३)

दाउपेचका शब्द खोज्नुभो
शब्द जालको मार्ग रोज्नुभो
लेख्नु जेसुकै हुन्छ भन्नुभो
चोर भेटिए मित्र ठान्नुभो (४४)

जो सुधारको काम गर्दछ
त्यो खराब हो सक्नुपर्दछ
सामदाममा दण्डभेदमा
लाग्नुहुन्छ बा काट्न फेदमा (४५)

जो अभावले पिस्सिदै गयो
बक्र दृष्टिमा पर्नसक्छ त्यो
त्यो अभावमा टेक्नुहुन्छ बा
पापको कथा लेख्नुहुन्छ बा (४६)

भोकको कथा सुन्नुहुन्न बा
पत्रभित्र त्यो उन्नुहुन्न बा
कागझै ककाँ गर्नुहुन्छ बा
डुल्नुहुन्छ बा गन्ध गन्धमा (४७)

स्वार्थको हलो जोत्नुहुन्छ बा
र्‍यालले चुलो पोत्नुहुन्छ बा
आफ्नु थालमा हाल्नुहुन्छ बा
अन्यको मुखै टाल्नुहुन्छ बा (४८)

राजनीतिको शुद्ध पोखरी
राख्नुहुन्छ बा गन्धले भरी
यो समाजनै भाँड्न खोज्नुभो
सभ्यता सबै गाड्न खोज्नुभो (४९)

ढाल्न खोज्नुभो जेसुकै पनि
क्रोध पाल्नुभो मूर्ख झैँ बनी
आउँदा लुतो सञ्चमान्नु भो
बा कन्याउँदै बस्न जान्नु भो (५०)

०००
मोलुङ- ५, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x