साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे (कविता शृङ्खला- १०२)

स्वर्गका मर्त्यका दिक्क छन् पूर्वज । उग्र छन् कालझैँ आजका मानव ॥ वीरका त्यागको व्यर्थ भो पौरख । धूर्तका चालले जुट्दछन् मानव ॥

Nepal Telecom ad

के.पी.पौडेल :

काण्ड नै काण्डका योजना रच्दछन् ।
झेलका पापका पोखरी खन्दछन् ॥
रङ्गका भेदका छन् यहाँ रौरव ।
धूर्तका चालले जुट्दछन् मानव ॥

उच्चको सानमा मानमा पुग्दछन् ।
देशको मर्ममा वाणले रोप्दछन् ॥
चण्डझैँ मुण्डझैँ कंसझैँ छन् सब ।
धूर्तका चालले जुट््दछन् मानव ॥

मानको लाभको गर्दछन् वणर्न ।
देशको सानको गर्छ को रक्षण ?॥
राष्ट्रका स्थानमा गिद्धझैँ छन् सब ।
धूर्तका चालले जुट्दछन् मानव ॥

जुट्दछन् रम्दछन् गर्दछन् बैठक ।
देशको मर्ममा थप्दछन् सङ्कट ॥
मेलको युक्तिको गर्छ को पौरख ?।
धूर्तका चालले जुट्दछन् मानव ॥

देशको मर्दको खेद्छन् बाहिर ।
साधुका भेषमा बन्दछन् बर्बर ॥
देशको शक्तिको हर्दछन् गौरव ।
धूर्तका चालले जुट्दछन् मानव ॥

स्वर्गका मर्त्यका दिक्क छन् पूर्वज ।
उग्र छन् कालझैँ आजका मानव ॥
वीरका त्यागको व्यर्थ भो पौरख ।
धूर्तका चालले जुट्दछन् मानव ॥

०००
बट्टार, नुवाकोट । हालः- बालाजु, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x