साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमीहरू नआउनू !

यो युगमा सरलता, सज्जनता, इमानदारी, विवेकशील स्वभाव, सत्यवादी हुनुको कुनै अर्थ छ ? सत्य बोल्न सकिन्छ ? लेख्न सकिन्छ ? हरेक इमानदारले दुःख पाएको छैन ?

Nepal Telecom ad

धनराज गिरी :

प्रोफेसर जगमोहन आजादको बानी बेहोरामा अचानक आमूल परिवर्तन आएको देखेर उसका तीन मित्रहरू जिल्ल परे । लगातार जान्थे उनीहरू प्रोफेसरको घरमा । न्यानो स्वागत, उज्यालो अनुहार, मीठो बोलीवचन, उपहार किताब, सरल स्वभावले अरू दुई जना पनि तानिएका थिए ।

“यस्तो मान्छे पनि हुन्छ ?” उनीहरूको मनको मूल्याङ्कन । तर अचेल ? “के भयो यार हाम्रो राधेय उर्फ कान्तेय उर्फ जङ्गराज कणर्लाई ? आफू सूर्यपुत्र नभए पनि सूर्यनारायणको पूजारीहरूको प्रिय पात्र त हुन् गुरुजी, के भयो ?” पाँच मध्ये एक बोल्यो ।

छ अनुजमा प्रोफेसर जेठो भएकाले उनीहरू प्रोफेसरलाई ‘कणर्’ भन्थे, वास्तवमा राधेय नियति भोगेको हो प्रोफेसरले । “होइन, यस्तो उपेक्षा सहेर त आइन्न हौ, हाम्रो पनि आत्मसम्मान छ । साथी हो, आज छिनोफानो गर्ने !” एउटा बोल्यो । कस्सिएर पाँच अनुज लागे बैकुण्ठनगर आजाद निवास । कुरा राखे, निर्धक्क, पाँच अनुज मिलेर ।

एकछिन मौन रह्यो आजाद । के सोच्दैथियो कुन्नि ? साथीहरूको अनुहार पढ्यो । प्रश्न, प्रश्न, प्रश्न, भावशून्य । “हामीलाई पहिलेकै मजाकिया प्रोफेसर जगमोहन आजाद चाहिन्छ ।” यस्तै भाव अनुभूत गर्‍यो ।

“दाजी, बोल्नुहोस् न, हजुरको मौनताले हामीलाई सतायो ।” एक पात्र ।
“हो दाजी, यस्तै पाराले त नाता झापा र गौर हुन्छ ।” अर्को बोल्यो । ला ….. मो सास फेर्‍यो प्रोफेसरले, बोल्यो, “त्यो त्यो युगमा हरिश्चन्द्र र धर्मराजले किन दुःख पाए ?” उल्टो प्रश्न गर्‍यो आजादले ।
“उनीहरूको साथी सरल, सज्जन, इमान, विवेक र सत्य थिए । उही हाम्रो नाम जस्तै ।” सरल बोल्यो । हो, यी पाँच पाण्डवको नाम “सरल, सज्जन, इमान, विवेक र सत्य नै हो !”

मुस्कुरायो प्रोफेसर, “यो युगमा सरलता, सज्जनता, इमानदारी, विवेकशील स्वभाव, सत्यवादी हुनुको कुनै अर्थ छ ? सत्य बोल्न सकिन्छ ? लेख्न सकिन्छ ? हरेक इमानदारले दुःख पाएको छैन ? म, प्रोफेसर जगमोहन आजाद, आजका मितिदेखि तिमीहरूको सङ्गतबाट मुक्त हुन चाहन्छु । तिमीहरू मेरो घर न आउनू ! यो मेरो परमादेश हो ! न आउनू !”

सत्य बोल्यो, “सर, सक्नुहुन्छ हामी विना सास फेर्न ? दिलबाट हटाए दिमागमा बस्ने हामी, पक्का ! सक्नुहुन्न ! ल आज हामी जान्छौं । अल बिदा न भन्ने ! के कारणले यस्तो भयो, यसो भन्नुभयो, उपचार खोज्ने ! नमस्कार गुरुदेव ।” पाँच अनुज गए ।

के हुन्थ्यो वियोग, सात दिनपछि,माया, प्रेम र करुणा पनि थपिए । कहानीले अर्कै मोड लियो । “धन्यवाद साथीहरू, मेरो सोच गलत रहेछ । आई एम सरी !” “सुबह का भुला हुआ साम को लौट आये तो उसे भूला नही कहेते, जब जागा तब सवेरा !” प्रेम बोल्यो । सबैले ताली बजाए । आजादले गजल सुनायो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x