सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झिल्के पण्डित

पुजा लाउनलाई पनि धेरै सोच्नु पर्ने दिन आयो । के अब हामीले यस्तै दशपल्ट पञ्च्यात बसेको, दशवटा पुलिस केस भएको गाउँ समाजबाट निकालिएको पण्डितलाई पुरोहित मान्नु ? सुर्ता लाग्छ सोच्दा पनि ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

मेरो गाउँमा बाहुन बाजेहरू जस्तो जस्तो भने पनि पाइन्छ । छानी छानी पाइन्छ । मैले पनि छानेर एक जना पुरोहितलाई गुरु मानेकी छु । हाम्रो गुरुजी सबै भन्दा बेग्लै छन् । उनलाई संस्कृत भन्दा अङ्ग्रेजी बेँसी आउँछ । सायद मोर्डन जमानाको भएर होला । गुरुजी सँग एक घन्टा बात गर्‍यो भने गुरुजीले तीन त्रिलोक चौध भुवन घुमाई दिन्छ । गुरुजीको कुराले निन्द्रा त पटक्कै लाग्दैन । साँच्चै आफू त्यही पुगेर आएको अनुभाव हुन्छ । तर कुरा सुन्नु थाले पछि चैँ बिचमा उठ्नु चैँ मिल्दैन । उनले वेन आई वाज दियर देखि शुरु गरेर वेन आई ल्यान्ड एट बाग्डोग्रा एयरपोर्ट सम्म सुन्नै पर्छ ।

तपाईंंहरूको गुरुजी कस्तो छन् कुनि हाम्रो गुरुजी चैँ साह्रै झिल्के । सोसिएल मिडियामा धेरै एक्टिब छन् । अस्ति एउटी केटीलाई बहिनी तपाइँलाई म साह्रै मन पर्छ । तपाईंलाई प्यान्टमा भन्दा सरीमा राम्री देखिन्छ मसँग घुम्न जाउँ न भनेछन् । ती बहिनीको बुढोले मेसेज देखेर पञ्च्यात नै राखुन्जेल भयो । झण्डै झण्डै गुरुजीलाई जिम्मा लागाउने सम्म कुरो पुगिसकेको थियो । त्यति मेसेजले मात्रै त जिम्मा लाउने कुरो नगर्नु पर्ने सायद अरु पनि मेसेज गरेको थियो होला बढोले ।

खै गुरुजी पनि के के गर्छन् गर्छन् । कुनै दिन यो सोसियल मिडियाले नै बढोको नौका डुबाउँछ होला भन्ने डर लाग्छ । हिज बेलुका गुरुजी मेरो घरमा आउनु भयो मैले सोधे गुरुजी के हौ तपाईंको त गाउँ भरी नराम्रो हल्ला पो सुन्दैछु त भनेको बढोले रुन्छे मुख पारेर नानी मैले त्यस्तो नराम्रो केही भनेको थिइन् । राम्रीलाई राम्री भन्नू पाप होर अरे । अन्त तपाईंंले त अरु पनि मेसेज गर्नु भएको रहेछ नि त भनेको हजुर मलाई त्यो केटी मनपर्छ पो अरे ।

अझै उल्टा मेरो केही दोष छैन मलाई फसाएको पो भन्छ । गुरुजीको भन्दा पनि विचरा उनको श्रीमतीको पो माया लाग्यो त्यस्तो मान सम्मान भएको मान्छे त्यत्रो भलो पञ्चको बिचमा लाजमर्दो भयो ।

बढो साह्रै झिल्के भएर पनि हो गाउँ घरमा कुनै नयाँ केटी आएको देख्नै हुन्न फेस्बुकमा फ्रेन्ड रिक्वेस्ट पठाइ हाल्छ । एक दिन मैले इन्सटाग्राम चलाउँदै थिए नयाँ नाम देखेर होला बढोले हेलो लेखेर पठाए छ मेरो पालो पनि नमस्कार गुरुजी लेखिदिएकी थि बढो खात्राकखुत्रुक गयो त्यँहादेखि मेसेज आएन सायद बढोको नौनारी गल्यो जस्तो छ । गाउँ घरमा आएको सबै नयाँ केटीहरू मेरै हो भन्छ बढो ।

यस्तै छ हाम्रो गाउँको मान्यगन्य गुरुजीहरू अर्को एउटा गुरुजी छ उनको त झन् के नै कुरा गर्नु र उनलाई नमान्ने सायद कोही छैन होला । बिच बिचमा गुरुजी हराउने काँहा जान्थ्यो कसैलाई थाहा नहुने उनको आफ्नै श्रीमतीलाई पनि थाहा नहुने । अहिले गाउँभरि हल्ल छ बढोले त नेपालमा एउटा जेठी बुडी पो राखेको रहेछ । उसैलाई भेट्न जाँदा रहेछन् । कमाएर आउँछु भनेर भारत पसेका रहेछन् । एक दिन जेठी बुडि र छोरो बाउ खोज्दै आइपुग्यो । लु हेर्नुस् त बाहुन बाजेको चर्तिकला । आजकल उनलाई हाम्रो गाउँमा सबैले नक्कले बाहुन भन्छ । हजुरहरूले पनि खोज्नु पर्‍यो भने नक्कले बाहुनकै नामले खोज्नु होला ।

यस्ता यस्ता बाहुन बाजेहरूले हाम्रो गाउँको नाम चुर्लुम्मै डुबाएको रहेछ भन्ने कुरो मैले हिजाे बुझेँ । हिजाे म अफिस जाँदै थिएँ म सँगै गाडीमा अर्की एक जना यात्री थिइन् उनले मलाई तपाईंं काँहा बस्नु हुन्छ भनेर सोधिन् मैले मेरो गाउँको नाम लिइसक्दा नसक्दा अबुइ त्यो गाउँको त कस्तो कस्तो हल्ला छ है त्यहाँको पण्डितहरूलाई हामी कस्तो मान्थौँ अब कसरी गुरुजी भनेर पूजा लागाउनु, कसरी खुट्टा ढोग्नु त्यस्तो मान्छेको ?आजकल त छेत्री बाहुनले भन्दा मतवालीले नै आफ्नो इज्जत मान सम्मान राखेर हिँडेका छन् हौ है भनिन् ।

मलाई त लाज लाग्यो त्यो कुरा सुनेर आफू टाउको घोप्टाएर उता फर्किएँ । साँच्चै अब त्यस्ता बाहुन बाजेहरूको खुट्टा कसरी ढोग्नु ? त्यस्तोलाई कसरी पुज्नु ? साँच्चै इनीहरूले हाम्रो गाउँको नाम खराब गर्‍यो । अब त गुरुजी मान्नु पर्‍यो भने पनि विचार गर्नु पर्ने भयो । पूजा लाउनलाई पनि धेरै सोच्नु पर्ने दिन आयो । के अब हामीले यस्तै दशपल्ट पञ्च्यात बसेको, दशवटा पुलिस केस भएको गाउँ समाजबाट निकालिएको पण्डितलाई पुरोहित मान्नु ? सुर्ता लाग्छ सोच्दा पनि ।

एकजना दुईजनाले गर्दा अरु पण्डितहरूको पनि बदनाम भयो अरुलाई पनि त्यही नजरले हेर्नु पर्ने बनायो अब त गुरुजी मान्नु पनि डर सरि भयो एकजनाले गर्दा अरुप्रतिको विश्वास पनि टुट्यो ।
तपाईंहरूको गाउँ घरमा यस्तै झिल्के बाहुनहरू छन् कि छैनन् भन्नू होला ।

०००
खोलाफाप्री, सिलीगुडी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाइन

लाइन

नगिता लेप्चा राई
मुड

मुड

नगिता लेप्चा राई
ब्याकबाइटिङ् क्विन

ब्याकबाइटिङ् क्विन

नगिता लेप्चा राई
आफ्नो डम्फु आफै बजाउन थालेँ है

आफ्नो डम्फु आफै बजाउन...

नगिता लेप्चा राई
(बी)३ = बी क्यूब बडा

(बी)३ = बी क्यूब...

नगिता लेप्चा राई
डगी

डगी

नगिता लेप्चा राई
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे