सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

डाक्टरले “मान्छे मरणशील छ तर यो रोगी अहिल्यै नमरोस्” भन्छ वकिलले “यो मान्छेले जितोस् या हारोस् तर मुद्धा चैँ जहिल्यै गरोस्” भन्छ ।

Nepal Telecom ad

नवराज कार्की :

१.
भन्छन् भन्न त “ पैसाले खुशी किन्न सकिन्न
तर के गर्नु, खुशी हुन पनि, पैसा नभै हुन्न
खुशी बेचेर पैसा किन्छन्, पैसा तिरेर खुशी
पैसा ठूलो हो कि खुशी ठूलो हो ? भन्न सकिन्न ।

२.
एउटै आमाको सन्तान एउटा गोरु बनेर जोत्दैछ
अर्को चाहिँ साँढे हुनाले, गम्भीर बनेर सोच्दैछ
दाइँ गोरु पो ! निःसन्तान छ र, आनन्दै छ उसलाई
सरकारले नै मेरा सन्तान कति छन् ? भनेर- खोज्दैछ ।

३.
भोको जुको जब तिघ्रामा आरोहण हुन्छ
मानौँ उसको त्यहाँ साँच्चै राज्यारोहण हुन्छ
मामुली पीठो त, चास्नीमा चुर्लुम्म डुबेपछि
रस दोहन हुन्छ र मीठो लालमोहन बन्छ ।

४.
डाक्टरले “मान्छे मरणशील छ तर यो रोगी अहिल्यै नमरोस्” भन्छ
वकिलले “यो मान्छेले जितोस् या हारोस् तर मुद्धा चैँ जहिल्यै गरोस्” भन्छ
साह्रै सकारात्मक सोचको धनी त, त्यो बीमा- कम्पनी पो रै’छ
उसले चैँ “यसको यो रकम तिर्न, कहिल्यै नपरोस्” भन्छ ।

०००
अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पुरस्कार

पुरस्कार

नवराज कार्की
कुरा काट्नेका कुरा

कुरा काट्नेका कुरा

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
पाँच थान ठाेक्तक

पाँच थान ठाेक्तक

नवराज कार्की
चार दनक

चार दनक

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
गोरुहरू !!

गोरुहरू !!

कलानिधि दाहाल