साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एटम बम

मेराे वचन खस्न नपाउँदै उसले मलाई झम्टँदै भन्याे । -"दायाँबायाँ कुरा थाहा छैन, यसपालि अत्यधिक सङ्ख्यामा लघुकथा प्रतिस्पर्धा हुन्छ !" मैले त्यसपछि विश्व राजनीतिकाे विभाजित परिवेश सम्झेेँ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

मान्छेकाे मन न हाे, कति चञ्चल भइदिन्छ भने विद्युतीय गति भन्दा उच्चताले मनकाे गति चलिदिन्छ । कता कता गएर लघु प्रतिस्पर्धामा ठाेकिन्छ । मान्छेहरूकाे यतिबेला नशा चड्किन्छ । मानस भड्किन्छ र मुटु धडकिन्छ !

यति सानाे कुराद्वारा पनि मान्छेकाे मनकाे आवेग, कुण्ठा र आग्रहलाई सागरकाे उर्लिँदाे लहरले झैं रिँगाइरहन्छ भने लघुतामा सबैभन्दा धेरै शक्ति छ । त्यसैले भाैतिकशास्त्रीहरू भन्छन् ।

-“परमाणु सबैभन्दा ठूलाे शक्ति हाे ।”
धर्मभीरूहरू पनि लघुताशक्तिकाे बारे त्यत्तिकै भन्छन् ।

-“संसार सूक्ष्मपिण्डमा अडेकाे छ ।”

यस्तै गाथाहरूकाे महिमाकाे बिचमा लघुताशक्तिकाे प्रतिस्पर्धा बारे मेराे सानाे भट्टिपसलमा एकाएक चर्चा शुरूभयाे । मुखमा परेकाे चुस्की, साथीहरू माझ सानै थियाे ।

अर्काेतर्फ सानुमैंया लाडेपल्टेर चुस्कीवाला मेरा साथीहरूलाई काेट्याइ दिन्थिन् ।
लघु काेट्याइमा झस्किएर साथी बर्बराउँथ्याे ।
–“लघुकथा प्रकाशनकाे प्रतिस्पर्धा !”

तब मेराे दिमाग चक्कराउँथ्याे । नेपथ्यदेखि समेत उराठलाग्दाे र उच्चाटलाग्दाे गन्थन, बहस र चलखेल सुरू हुन्थ्याे । मचाहिँ मनमनै गुनिरहन्थे ।
-“काेकलेकाे गाइजात्रा पर्व !”

अनावश्यक हाेडमा जुथेका मेरा सहाेदर मित्रहरू चिया, कफि, रेडलेवल र व्हिस्कीलाई हेरेर गफ दिइरहन्थे ।
-“लघुकथाकाे वास्तविक स्वाद यही हाे !”
पसलका लघु प्रतिस्पर्धात्मक गफहरू भाैतिकशास्त्री या धर्म भीरूहरूकाे बखान झैं परमाणु या पिण्डरूपी लघु प्रतिस्पर्धा झैं जाेदाहा बनेका थिए । मनुष्यहरूकाे कर्म प्रतिस्पर्धाहरूका लघु सिध्दान्तकाे अनेक व्याख्या थियाे । लामाे समयपछि मैले
एक असल गफाडी साथीलाई भेटेर साेधेँ ।

-“के तपाईलाई लघु प्रतिस्पर्धा मन पर्छ ?”
मेराे वचन खस्न नपाउँदै उसले मलाई झम्टँदै भन्याे ।
-“दायाँबायाँ कुरा थाहा छैन, यसपालि अत्यधिक सङ्ख्यामा लघुकथा प्रतिस्पर्धा हुन्छ !”
मैले त्यसपछि विश्व राजनीतिकाे विभाजित परिवेश सम्झेेँ।

-“भाैतिक शास्त्रकाे परमाणु युगकाे प्रतिस्पर्धामा बनेकाे एटम बम !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Shivahari pokharel
Shivahari pokharel
1 year ago

गज्जब रमाइलो लाग्यो रसपूर्ण बौद्धिकता र ब्यंग्य भरिएको यो लघु सामाग्री

Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
1
0
Would love your thoughts, please comment.x
()
x